unfoldingWord 06 - परमेश्वरले इसहाकलाई जुटाउनु भयो ।

சுருக்கமான வருணனை: Genesis 24:1-25:26
உரையின் எண்: 1206
மொழி: Nepali
சபையினர்: General
செயல்நோக்கம்: Evangelism; Teaching
Features: Bible Stories; Paraphrase Scripture
நிலை: Approved
இந்த விரிவுரைக்குறிப்பு பிறமொழிகளின் மொழிபெயர்ப்பிற்கும் மற்றும் பதிவு செய்வதற்கும் அடிப்படை வழிகாட்டி ஆகும். பல்வேறு கலாச்சாரங்களுக்கும் மொழிகளுக்கும் பொருத்தமானதாக ஒவ்வொரு பகுதியும் ஏற்ற விதத்தில் இது பயன்படுத்தப்படவேண்டும்.சில விதிமுறைகளுக்கும் கோட்பாடுகளுக்கும் ஒரு விரிவான விளக்கம் தேவைப்படலாம் அல்லது வேறுபட்ட கலாச்சாரங்களில் இவை தவிர்க்கப்படலாம்.
உரையின் எழுத்து வடிவம்

अब्राहाम वृद्ध हुँदा, उनका छोरा, इसहाक, एक परिपक्क मानिस भैसकेका थिए । त्यसैले अब्राहामले आफ्नो एक नोकरलाई आफ्ना आफन्तहरू भएको देशमा इसहाकको निम्ति एउटी श्रीमती खोजेर ल्याउन पठाए ।

अब्राहामका आफन्तहरू बस्ने देशतिरको लामो यात्रा पश्चात, परमेश्वरले त्यस नोकरलाई रिबेका नाउँकी एकजना स्त्रीकहाँ ल्याउनुभयो । उनी अब्राहामका भाइकी नातिनी थिइन् ।

रिबेका आफ्ना परिवारलाई छाेडी त्यस नोकरसँग इसहाकको घरमा जान राजी भइन् । उनी पुग्ने बित्तिकै इसहाकले उनीसँग विवाह गरे ।

धेरै समयपछि, अब्राहामको मृत्यु भयो अनि परमेश्वरले उनीसँग बाँध्नुभएको सबै करार अब इसहाकमा सर्यो । परमेश्वरले अब्राहामका असंख्य सन्तान हुनेछन् भनी प्रतिज्ञा गर्नुभएको थियो, तर इसहाककी पत्नी रिबेकाको कुनै सन्तान हुनसकेको थिएन ।

इसहाकले रिबेकाको निम्ति प्रार्थना गरे, अनि परमेश्वरले उनको कोखमा जुम्ल्याह बच्चाहरू दिनुभयो । ती दुई बच्चाहरूले रिबेकाको गर्भभित्र हुँदै एक-अर्कासँग लडन्त गर्न लागे, त्यसैले रिबेकाले परमेश्वरसँग यो के भइरहेको हो भनी सोधिन् ।

परमेश्वरले रिबेकालाई भन्नुभयो, “तिमीले दुई छोरा जन्माउनेछौ । तिनिहरुका सन्तानहरु दुई फरक राष्ट्र बन्नेछन् । तिनीहरू एक-आपसमा लड्नेछन् र जेठा छोराले कान्छा छोराको सेवा गर्नेछ ।”

जब रिबेकाको छोराहरू जन्मिए, जेठो छोरा रातो र रौँ नै रौँ भएको थियो अनि तिनीहरूले त्यसको नाउँ एसाव राखे । तर कान्छाचाहिँ आफ्ना हातले जेठाको कुर्कुच्चा समात्दै निस्क्यो र तिनीहरूले त्यसको नाउँ याकूब राखे ।