言語を選択

mic

共有

共有リンク

QR code for https://globalrecordings.net/script/8684

unfoldingWord 36 - येशूको रूप परिवर्तन

unfoldingWord 36 - येशूको रूप परिवर्तन

概要: Matthew 17:1-9; Mark 9:2-8; Luke 9:28-36

スクリプト番号: 1236

言語: Nepali

観客: General

目的: Evangelism; Teaching

Features: Bible Stories; Paraphrase Scripture

状態: Approved

スクリプトは、他の言語への翻訳および録音の基本的なガイドラインです。スクリプトは、それぞれの異なる文化や言語で理解しやすく、関連性のあるものにするために、必要に応じて適応させる必要があります。使用される用語や概念の中には、さらに説明が必要な場合や、完全に置き換えたり省略したりする必要がある場合もあります。

スクリプトテキスト

एकदिन, येशूले उहाँका तीनजना चेलाहरू पत्रुस, याकूब र यूहन्‍नालाई, आफूसँग लैजानुभयो । (यी यूहन्‍ना येशूलाई बप्तिस्मा दिने व्यक्ति होइनन् ।) उनीहरू एक अग्लो पहाडमाथि प्रार्थना गर्न गए ।

जब येशू प्रार्थना गर्दैहुनुहुन्थ्यो, उहाँको अनुहार सूर्यझैँ चम्किलो भयो र उहाँका कपडा ज्योतिझैँ सेतो भयो ।

त्यसपछि त्यहाँ मोशा र एलिया अगमवक्ता देखा परे । यी मानिसहरू त्यस घटना हुनुभन्दा सयौँ वर्षअगाडि बाँचेका थिए । उनीहरूले येशूसँग उहाँको मृत्युको बारेमा कुरा गरे, जुन चाँडै नै यरूशलेममा हुनेवाला थियो ।

जब मोशा र एलिया येशूसँग कुराकानी गरिरहेका थिए, पत्रुसले येशूलाई भने, “हामीलाई यहीँ रहन असल छ । हामी तीनवटा बासस्थानहरू बनाऔँ, एउटा तपाईंको लागि, एउटा मोशाको लागि, र एउटा एलियाको लागि ।” त्यतिबेला आफू के भन्दैछु सो पत्रुसलाई थाहा थिएन ।

जब पत्रुस बोल्दै थिए, एउटा उज्यालो बादल तल आएर उनीहरूलाई घेर्‍यो र बादलबाट परमेश्‍वरको आवाजले यसो भन्यो, “यिनी मेरा पुत्र हुन् जसलाई म प्रेम गर्छु । म ऊसँग प्रसन्‍न छु । उसको कुरा सुन्‍नू ।” ती तीन चेलाहरू डराए र भुईँमा लडे ।

अनि येशूले तिनीहरूलाई छुनुभयो र भन्‍नुभयो, “नडराओ, उठ ।” जब तिनीहरूले वरिपरि हेरे, त्यहाँ केवल येशूमात्र हुनुहुन्थ्यो ।

येशू र ती तीन चेलाहरू फेरि पहाडबाट तल झर्नुभयो । अनि येशूले तिनीहरूलाई भन्‍नुभयो, “यहाँ भएको घटनाको बारेमा अहिले कसैलाई केही नभन्‍नू । म चाडैँनै मर्नेछु र त्यसपछि फेरि जीवित हुनेछु । त्यसपछि, तिमीहरूले मानिसहरूलाई भन्‍न सक्नेछौ ।”

関連情報

ワールドオブライフ - 救いとキリスト教生活についての聖書に基づいたメッセージを含む、数千の言語での音声福音メッセージ。

Copyright and Licensing - GRN shares its audio, video and written scripts under Creative Commons

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?