unfoldingWord 36 - येशूको रूप परिवर्तन
रुपरेखा: Matthew 17:1-9; Mark 9:2-8; Luke 9:28-36
भाषा परिवार: 1236
भाषा: Nepali
दर्शक: General
लक्ष्य: Evangelism; Teaching
Features: Bible Stories; Paraphrase Scripture
स्थिति: Approved
ये लेख अन्य भाषाओं में अनुवाद तथा रिकौर्डिंग करने के लिए बुनियादी दिशानिर्देश हैं। प्रत्येक भिन्न संस्कृति तथा भाषा के लिए प्रासंगिक बनाने के लिए आवश्यकतानुसार इन्हें अनुकूल बना लेना चाहिए। कुछ प्रयुक्त शब्दों तथा विचारों को या तो और स्पष्टिकरण की आवश्यकता होगी या उनके स्थान पर कुछ संशोधित शब्द प्रयोग करें या फिर उन्हें पूर्णतः हटा दें।
भाषा का पाठ
एकदिन, येशूले उहाँका तीनजना चेलाहरू पत्रुस, याकूब र यूहन्नालाई, आफूसँग लैजानुभयो । (यी यूहन्ना येशूलाई बप्तिस्मा दिने व्यक्ति होइनन् ।) उनीहरू एक अग्लो पहाडमाथि प्रार्थना गर्न गए ।
जब येशू प्रार्थना गर्दैहुनुहुन्थ्यो, उहाँको अनुहार सूर्यझैँ चम्किलो भयो र उहाँका कपडा ज्योतिझैँ सेतो भयो ।
त्यसपछि त्यहाँ मोशा र एलिया अगमवक्ता देखा परे । यी मानिसहरू त्यस घटना हुनुभन्दा सयौँ वर्षअगाडि बाँचेका थिए । उनीहरूले येशूसँग उहाँको मृत्युको बारेमा कुरा गरे, जुन चाँडै नै यरूशलेममा हुनेवाला थियो ।
जब मोशा र एलिया येशूसँग कुराकानी गरिरहेका थिए, पत्रुसले येशूलाई भने, “हामीलाई यहीँ रहन असल छ । हामी तीनवटा बासस्थानहरू बनाऔँ, एउटा तपाईंको लागि, एउटा मोशाको लागि, र एउटा एलियाको लागि ।” त्यतिबेला आफू के भन्दैछु सो पत्रुसलाई थाहा थिएन ।
जब पत्रुस बोल्दै थिए, एउटा उज्यालो बादल तल आएर उनीहरूलाई घेर्यो र बादलबाट परमेश्वरको आवाजले यसो भन्यो, “यिनी मेरा पुत्र हुन् जसलाई म प्रेम गर्छु । म ऊसँग प्रसन्न छु । उसको कुरा सुन्नू ।” ती तीन चेलाहरू डराए र भुईँमा लडे ।
अनि येशूले तिनीहरूलाई छुनुभयो र भन्नुभयो, “नडराओ, उठ ।” जब तिनीहरूले वरिपरि हेरे, त्यहाँ केवल येशूमात्र हुनुहुन्थ्यो ।
येशू र ती तीन चेलाहरू फेरि पहाडबाट तल झर्नुभयो । अनि येशूले तिनीहरूलाई भन्नुभयो, “यहाँ भएको घटनाको बारेमा अहिले कसैलाई केही नभन्नू । म चाडैँनै मर्नेछु र त्यसपछि फेरि जीवित हुनेछु । त्यसपछि, तिमीहरूले मानिसहरूलाई भन्न सक्नेछौ ।”