Виберіть мову

mic

Поділіться

поділіться посиланням

QR code for https://globalrecordings.net/script/8670

unfoldingWord 22 - यूहन्‍नाको जन्म

unfoldingWord 22 - यूहन्‍नाको जन्म

абрис: Luke 1

Номер сценарію: 1222

Мову: Nepali

Аудиторія: General

Мета: Evangelism; Teaching

Features: Bible Stories; Paraphrase Scripture

Статус: Approved

Сценарії є основними вказівками для перекладу та запису на інші мови. Їх слід адаптувати, якщо це необхідно, щоб зробити їх зрозумілими та відповідними для кожної окремої культури та мови. Деякі терміни та поняття, які використовуються, можуть потребувати додаткових пояснень або навіть бути замінені чи повністю опущені.

Текст сценарію

विगतमा, परमेश्‍वर आफ्ना मानिसहरूसँग आफ्ना स्वर्गदूत र अगमवक्ताहरूको माध्यमबाट बोल्ने गर्नुहुन्थ्यो । तर ४०० वर्ष सम्म उहाँ तिनीहरूसँग बोल्नुभएन । अचानक एक स्वर्गदूत जकरिया नाउँ गरेका एकजना पूजाहारीकहाँ परमेश्‍वरको सन्देश लिएर आए । जकरिया र उनकी पत्‍नी एलिशिबा, परमेश्‍वरका भक्त मानिसहरू थिए, तर तिनले कुनै सन्तान पाउन सकेकी थिइनन् ।

त्यस स्वर्गदूतले जकरियालाई भने, “तिम्री पत्‍नीको एउटा छोरा हुनेछ । तिमीले उसको नाउँ यूहन्‍ना राख्‍नु । उनी पवित्र आत्माले भरिनेछन्, र मसिहको निम्ति बाटो तयार गर्नेछन्!" जकरियाले जवाफ दिए, "सन्तान जन्माउनको लागि म र मेरो पत्‍नीको उमेर ढल्किसकेको छ! म कसरी जान्‍न सक्छु कि तपाई सत्य बोल्दै हुनुहुन्छ?"

स्वर्गदूतले जकरियालाई जवाफ दिए, “म परमेश्‍वरबाट तिमीकहाँ यो खुशीको समाचार सुनाउन पठाइएको हो । तिमीले मलाई विश्‍वास नगरेको कारणले बालक नजन्मिएसम्मको निम्ति तिमी बोल्न नसक्ने हुनेछौ ।” तुरुन्तै, जकरिया बोल्न नसक्ने भए । अनि त्यस दूतले जकरियालाई छाेडेर गए । त्यसपछि जकरिया आफ्नो घर फर्के र उनकी पत्‍नी गर्भवती भइन् ।

जब एलिशिबा गर्भवती भएको ६ महिना भएको थियो, त्यही स्वर्गदूत अचानक एलिशिबाकी आफन्तकहाँ देखा परे, जसको नाउँ मरियम थियो । उनी एक कन्या थिइन् जसको योसेफ नाउँ गरेका मानिससँग मगनी भएको थियो । स्वर्गदूतले भने, “तिमी गर्भवती हुनेछौ र एउटा छोरा जन्माउनेछौ । तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ । उहाँ परम-प्रधान परमेश्‍वरका पुत्र हुनुहुनेछ र सदा-सर्वदा राज्य गर्नुहुनेछ ।”

मरियमले जवाफ दिइन्, “यो कसरी हुनसक्छ, जबकी म त एक कन्या हुँ ?” स्वर्गदूतले भने, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र पवित्रआत्माको शक्तिको छायाँ तिमीमाथि पर्नेछ । त्यसैले त्यस बालक पवित्र, परमेश्‍वरको पुत्र हुनेछन् ।” मरियमले स्वर्गदूतले भनेको कुरामा विश्‍वास गरिन् र त्यसलाई स्वीकारिन् ।

मरियमले स्वर्गदूतसँग बातचित गरेको केही समयपछि नै उनी एलिशिबाकहाँ भेट्न गइन् । एलिशिबाले मरियमको अभिवादन सुन्‍ने बित्तिकै, उनको पेटभित्र भएको बालक उफ्रियो । परमेश्‍वरले उनीहरूको निम्ति गरिदिनुभएको कार्यमा ती स्‍त्रीहरू रमाए । एलिशिबाकहाँ तीन महिनासम्म बसेपछि, मरियम घर फर्किन् ।

एलिशिबाले बालक छोरा जन्माएपछि, स्वर्गदूतले आज्ञा गरे बमोजिम जकरिया र एलिशिबाले उनको नाउँ ‘यूहन्‍ना’ राखे । अनि परमेश्‍वरले फेरि जकरियालाई बोल्न सक्ने बनाइदिनुभयो । जकरियाले भने, “परमेश्‍वरको प्रशंसा होस् , किनकि उहाँले आफ्ना मानिसहरूलाई सम्झनुभएको छ

Пов'язана інформація

Слова життя - Аудіо євангельські послання тисячами мов, що містять біблійні послання про спасіння та християнське життя.

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?

Copyright and Licensing - GRN shares its audio, video and written scripts under Creative Commons