Bir dil seç

mic

Paylaş

Linki paylaş

QR code for https://globalrecordings.net/script/8660

unfoldingWord 12 - प्रस्थान

unfoldingWord 12 - प्रस्थान

Anahat: Exodus 12:33-15:21

Komut Dosyası Numarası: 1212

Dil: Nepali

Kitle: General

Amaç: Evangelism; Teaching

Features: Bible Stories; Paraphrase Scripture

Durum: Approved

Komut dosyaları, diğer dillere çeviri ve kayıt için temel yönergelerdir. Her bir farklı kültür ve dil için anlaşılır ve alakalı hale getirmek için gerektiği gibi uyarlanmalıdırlar. Kullanılan bazı terimler ve kavramlar daha fazla açıklamaya ihtiyaç duyabilir veya hatta tamamen değiştirilebilir veya atlanabilir.

Komut Dosyası Metni

इस्राएलीहरू मिश्रदेश छाेडेर जान पाउँदा धेरै खुशी थिए । तिनीहरू अब दासहरू रहेनन्, र तिनीहरू प्रतिज्ञा गरिएको देशमा जाँदै थिए ।

परमेश्‍वरले दिनमा बादलको अग्लो खाँबोद्वारा तिनीहरूलाई डोर्‍याउनुभयो, त्यो तिनीहरूको अघि-अघि जान्थ्यो, जुन रातमाचाहिँ आगोको खाँबो बन्थ्यो । परमेश्‍वर सधैँ तिनीहरूसँग हुनुहुन्थ्यो अनि यात्राको क्रममा तिनीहरूलाई बाटो देखाउनुभयो । इस्राएलीहरूले गर्नुपर्ने एउटै मात्र काम केवल उहाँलाई पछ्याउनुपर्ने थियो ।

त्यसको केही समयपछि, फारो र उनका मानिसहरूले आफ्ना विचार परिवर्तन गरे र इस्राएलीहरूलाई फेरि आफ्ना दासहरू बनाउन चाहे । परमेश्‍वरले फारोलाई हठी तुल्याइदिनुभयो ताकि मानिसहरूले उहाँ नै एउटै सत्य परमेश्‍वर हुनुहुन्छ भनी देखुन् र यो जानून् कि उहाँ अर्थात याहोवे, फारो र उनका देवहरूभन्दा धेरैशक्तिशाली हुनुहुन्छ ।

त्यसकारण फारो र उनका फौजले इस्राएलीहरूलाई फेरि आफ्ना दास बनाउनको निम्ति खेद्दै आए । जब इस्राएलीहरूले मिश्री फौज आउँदै गरेको देखे, तिनीहरूले आफैँलाई फारोका सेनाहरू र लाल समुद्रको बीचमा फसेको चाल पाए । तिनीहरू धेरै डराए र यसो भन्दै कराए, “हामीले किन मिश्रदेश छाड्याैँ ? अब हामी मर्छौँ

मोशाले इस्राएलीहरूलाई भने, “नडराओ, परमेश्‍वर आज तिमिहरुको निम्‍ति लड्नु हुनेछ र तिमिहरुलाई बचाउनु हुनेछ।" अनि परमेश्‍वरले मोशालाई भन्‍नु भयो  , "इस्राएलीहरूलाई लाल समुद्र तिर अगाडि बड्ने आज्ञा दे।"

अनि परमेश्‍वरले बादलको खाँबोलाई इस्राएली र मिश्रीहरूका बिचमा रात भर राखिदिनुभयो ताकि मिश्रीहरूले इस्राएलीहरूलाई देख्‍न नसकून् ।

परमेश्‍वरले मोशालाई उसको हात समुद्र तिर उचाली पानीलाई दुई भाग बनाउन भन्‍नुभयो । अनि परमेश्‍वरले दाहिने र देब्रेतिर शक्तिशाली हावा चलाएर समुद्रको बिचबाट एउटा बाटो बनाउनु भयो ।

इस्राएलीहरू सुख्खा भूमिमाथि पानीको पर्खालको विचबाट समुद्रमा लाम लगाएर हिँडे ।

अनि परमेश्‍वरले त्यस बादललाई बाटोबाट हटाइदिनुभयो ताकि मिश्रीहरूले इस्राएलीहरू भाग्दै गरेका देख्‍न सकून् । मिश्रीहरूले तिनीहरूको पछि लाग्‍ने निर्णय गरे ।

यसकारण उनीहरू समुद्रको बाटो भएर इस्राएलीहरूको पछि लागे, तर परमेश्‍वरले मिश्रीहरूलाई अत्याइदिनुभयो र उनीहरूका घोडचढीहरूलाई अड्काइदिनुभयो । उनीहरूले कराएर भने, “भाग!  परमेश्‍वर इस्राएलीहरूको पक्षमा भएर लड्दै हुनुहुन्‍छ।"

सबै इस्राएलीहरू सकुशल समुद्रको पल्लो छेऊमा पुगे। अनि परमेश्‍वरले फेरि मोशालाई आफ्नो हात पानिमाथि पसार्न भन्‍नुभयो । जब उनले त्यसो गरे, फेरि समुद्र मिश्री फौजहरूमाथि पर्यो र आफ्नो सामान्यरुपमा फर्कियो। सारा मिश्री फौजहरू डुबे ।

जब इस्राएलीहरूले सबै मिश्रीहरूको मृत्यु भएको देखे, तिनीहरूले परमेश्‍वरमा भर गरे र मोशा एक अगमवक्ता रहेछन् भनी विश्‍वास गरे ।

इस्राएलीहरूले धेरै उत्साहका साथ आनन्द पनि मनाए किनभने परमेश्‍वरले तिनीहरूलाई मृत्यु र दासत्वबाट बचाउनुभएको थियो। अब उनिहरु परमेश्‍वरलाई आराधना गर्न र उहाँको आज्ञा पालन गर्न स्‍वतन्‍त्र थिए। इस्राएलीहरूले धेरै गित भजन गाएर उनिहरुले पाएको स्‍वतन्‍त्रताको उत्‍सव मनाए र परमेश्‍वरलाई आराधना गरे किनकि उहाँले तिनिहरुलाई मिश्री सेनाबाट बचाउनु भएको थियो ।

इस्राएलीहरूलाई परमेश्‍वरले मिश्रीहरूको विरुद्ध विजय दिनुभयो र तिनीहरूलाई दासत्वबाट बचाउनुभएको सम्झनाको निम्ति हरेक बर्ष निस्तार चाड मनाउन भन्‍नुभयो । तिनीहरूले सो पर्व एक निष्खोट थुमा मारेर त्यसलाई खमिर नहालेको रोटीसँग खाएर मनाए ।

İlgili bilgi

Hayat Sözleri - Kurtuluş ve Hıristiyan yaşamı hakkında İncil temelli mesajlar içeren binlerce dilde sesli İncil mesajları.

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?

Copyright and Licensing - GRN shares its audio, video and written scripts under Creative Commons