ఒక భాషను ఎంచుకోండి

mic

unfoldingWord 29 - निर्दयी नोकरको दृष्टान्त

unfoldingWord 29 - निर्दयी नोकरको दृष्टान्त

రూపురేఖలు: Matthew 18:21-35

స్క్రిప్ట్ సంఖ్య: 1229

భాష: Nepali

ప్రేక్షకులు: General

ప్రయోజనం: Evangelism; Teaching

Features: Bible Stories; Paraphrase Scripture

స్థితి: Approved

స్క్రిప్ట్‌లు ఇతర భాషల్లోకి అనువాదం మరియు రికార్డింగ్ కోసం ప్రాథమిక మార్గదర్శకాలు. ప్రతి విభిన్న సంస్కృతి మరియు భాషలకు అర్థమయ్యేలా మరియు సంబంధితంగా ఉండేలా వాటిని అవసరమైన విధంగా స్వీకరించాలి. ఉపయోగించిన కొన్ని నిబంధనలు మరియు భావనలకు మరింత వివరణ అవసరం కావచ్చు లేదా భర్తీ చేయబడవచ్చు లేదా పూర్తిగా విస్మరించబడవచ్చు.

స్క్రిప్ట్ టెక్స్ట్

एकदिन, पत्रुसले येशूलाई सोधे, “मालिक, मेरो भाइले मेरो विरुद्धमा पाप गर्छ भने मैले उसलाई कतिपटक क्षमा दिऊँ ? के सात पटक ?” येशुले भन्‍नुभयो, “सात पटक होइन, तर सात गुणा सत्तरी पटक!" यसबाट, येशुले हामिले सधैँ क्षमा दिनु पर्छ भन्‍न खोज्‍नु भएको थियो। तब येशुले यो कथा भन्‍नुभयो।

“परमेश्‍वरको राज्यचाहिँ एकजना राजा जस्तो हो, जसले आफ्ना नोकरहरूसँग हिसाब-किताब सुल्झाउन चाह्यो । उनका नोकरहरूमध्ये एकजनाले करिब २,००,००० वर्षसम्मको मजदुरीको ऋण बोकेका थिए ।”

“त्यस नोकरले आफ्नो ऋण तिर्न नसक्ने हुनाले राजाले त्यस नोकरलाई भने, ‘यस मानिस र यसका परिवारलाई दासको रूपमा बेचिदेओ, ताकि यसले आफ्नो ऋण चुक्ता गर्न सकोस् ।’”

“त्यस नोकरले राजाको सामु आफ्नो घुँडा टेक्यो र भन्यो, ‘कृपया मसँग धैर्य हुनुहोस्, अनि मैले तपाईंलाई तिर्न बाँकी रहेको सबै रकम म तपाईंलाई तिरिदिनेछ ।’ राजालाई त्यस नोकरप्रति दया जाग्यो, त्यसैले उनले त्यस नोकरका सारा ऋणहरू चुक्ता गरिदिए अनि उसलाई जान दिए ।”

““तर जब त्यो नोकर राजाको नजरबाट बाहिर गयो, त्यसले अर्को एकजना संगी-नोकरलाई भेट्टायो जो उसको चार महिनासम्म मजदुरीको ऋणी थियो । त्यस नोकरले आफ्नो संगी-नोकरलाई समात्यो र भन्यो, ‘तैँले मबाट लिएको ऋण तिरिहाल्

“त्यस संगी-नोकरले आफ्नो घुँडा टेक्यो र भन्यो, ‘कृपया मसँग धैर्य हुनुहोस् । तपाईंलाई तिर्न बाँकी रहेको सबै पैसा म तिरिदिनेछु ।’ तर त्यस नोकरले त आफ्नो संगी नोकरले ऋण नचुकाउन्‍जेल त्यसलाई झ्यालखानामा हालिदियो ।”

“त्यो घटना देखिरहेका केही अन्य नोकरहरूलाई यो घटनाले धेरै निराश तुल्यायो । तिनीहरू राजाकहाँ गए र उनलाई सबै कुरा बताइदिए ।”

“राजाले त्यस नोकरलाई बोलाए र भने, ‘तँ दुष्ट नोकर! मैले तिम्रो ऋण माफ गरे किनकि तिमिले मलाई बिन्ति गर्यौ। तिमिले पनि त्‍यस्तै गर्नु पर्ने थियो। राजा यति रिसाएकि त्यो दुष्‍ट नोकरले उसको सबै ऋण तिर्न नसक्‍दासम्‍म जेलमा फ्‍याकिदिए।"

अनि येशूले भन्‍नुभयो, “यदि तिमीहरूले आफ्नो हृदयदेखि नै आफ्नो भाइलाई क्षमा दिएनौ भने स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरू हरेकलाई त्यसै गर्नुहुनेछ ।”​

సంబంధించిన సమాచారం

జీవపు మాటలు - రక్షణ మరియు క్రైస్తవ జీవనం గురించి బైబిల్ ఆధారిత సందేశాలను కలిగి ఉన్న వేలాది భాషలలో ఆడియో సువార్త సందేశాలు.

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?

Copyright and Licensing - GRN shares its audio, video and written scripts under Creative Commons