unfoldingWord 11 - निस्तार चाड
Översikt: Exodus 11:1-12:32
Skriptnummer: 1211
Språk: Nepali
Publik: General
Ändamål: Evangelism; Teaching
Features: Bible Stories; Paraphrase Scripture
Status: Approved
Skript är grundläggande riktlinjer för översättning och inspelning till andra språk. De bör anpassas efter behov för att göra dem begripliga och relevanta för olika kulturer och språk. Vissa termer och begrepp som används kan behöva mer förklaring eller till och med ersättas eller utelämnas helt.
Manustext
परमेश्वरले फारोलाई यदि अझै पनि उनले इस्राएलीहरूलाई मिश्रदेशबाट जान नदिएको खण्डमा मानिस र पशुका जेठा पुरुष सन्तानलाई मारिदिने चेतावनी दिनुभयो । जब फारोले यो सुने, अझै पनि परमेश्वरलाई विश्वास गर्न र उहाँको आज्ञा मान्न उनले इन्कार गरे ।
परमेश्वरले उहाँमा विश्वास गर्नेहरूको लागि आफ्नो जेठो सन्तानलाई बचाउन सक्ने एउटा बाटो प्रदान गरिदिनुभयो । हरेक परिवारले एउटा खोट रहित थुमालाई छानेर त्यसलाई मार्नुपर्ने थियो ।
परमेश्वरले इस्राएलीहरूलाई त्यस थुमाको रगत तिनीहरूका घरको मुल ढोकामा लगाउन, अनि त्यसको मासु पोलेर खमिर नहालेको रोटीसँग खान भन्नुभयो । अनि फेरि त्यो खाइसकेपछि उनीहरूलाई मिश्रदेश छाेड्न तयार हुन पनि उहाँले भन्नुभयो ।
इस्राएलीहरूले परमेश्वरले भन्नुभए जस्तै गरे । मध्यरातमा परमेश्वर मिश्र भएर जानुभयो र पहिले जन्मेका छोरा सबैलाई मार्नुभयो ।
सबै इस्राएलीहरूका घरको ढोकामा रगत पोतिएको थियो, त्यसैले परमेश्वरले ती घरहरूलाई छाेडेर जानुभयो । ती भित्र भएका सबैजना सुरक्षित थिए । थुमाको रगतको कारण उनीहरू बचाइएका थिए ।
तर मिश्रीहरूले परमेश्वरमाथि विश्वास गरेनन् न त उहाँको आज्ञा नै माने । त्यसैले परमेश्वरले तिनीहरूका घरलाई छाेड्नु भएन । परमेश्वरले मिश्रीहरूका पहिले जन्मेका छोराहरू सबैलाई मार्नुभयो ।
सारा मिश्रीहरूका जेठा छोराहरू मरे, कैदीको जेठो छोरादेखि फारोको जेठो छोरासम्म, सबैजना मरे । मिश्रदेशमा धेरै मानिसहरू वेदनाको कारण रुदैँ र कराउँदै थिए ।
त्यसै रात फारोले मोशा र हारूनलाई बोलाए र भने, “इस्राएलीहरूलाई लेओ, अनि तुरुन्तै मिश्रदेश छाेडेर गइहाल