Izaberite jezik

mic

Objavi

Delite vezu

QR code for https://globalrecordings.net/script/8662

unfoldingWord 14 - उजाड स्थानमा भौँतारिदै

unfoldingWord 14 - उजाड स्थानमा भौँतारिदै

Outline: Exodus 16-17; Numbers 10-14; 20; 27; Deuteronomy 34

Broj skripte: 1214

Jezik: Nepali

Publika: General

Svrha: Evangelism; Teaching

Features: Bible Stories; Paraphrase Scripture

Status: Approved

Skripte su osnovne smernice za prevođenje i snimanje na druge jezike. Treba ih prilagoditi po potrebi kako bi bili razumljivi i relevantni za svaku različitu kulturu i jezik. Neki termini i koncepti koji se koriste možda će trebati dodatno objašnjenje ili čak biti zamenjeni ili potpuno izostavljeni.

Script Tekt

सिनै पर्वतमा आफ्नो करार दिइसक्नुभएपछि परमेश्‍वरले इस्राएलीहरूलाई प्रतिज्ञाको देशतर्फ डोर्‍याउन थाल्नुभयो, जसलाई कनानको देश पनि भनिन्थ्यो । बादलको खाँबोले तिनीहरूलाई अघि-अघि कनानतर्फ डोर्‍याउँदै लग्यो र इस्राएलीहरूले त्यसलाई पछ्याए ।

परमेश्‍वरले अब्राहाम, इसहाक र याकूबसँग त्यस देश तिनीहरूका सन्तानहरूलाई दिनेछु भनी प्रतिज्ञा गर्नुभएको थियो, तर त्यस समयमा त्यहाँ थुप्रै समुदायका मानिसहरू बसोबास गरिरहेका थिए । उनीहरूलाई कनानीहरू भनिन्थ्यो । कनानीहरूले परमेश्‍वरलाई पूज्दैनथे न त उहाँको आज्ञा नै मान्थे । उनीहरूले झूटा देवहरूलाई पूज्थे र धेरै अधर्मी कार्यहरू गर्ने गर्दथे ।

परमेश्‍वरले इस्राएलीहरूलाई भन्‍नुभयो, “तिमीहरूले त्यहाँ रहेका सबै कनानीहरूलाई प्रतिज्ञाको देशबाट हटाउनु र तिनीहरूसँग कुनै प्रकारको सम्झौता वा विवाह नगर्नु । तिनीहरूका मूर्तिहरूलाई पूर्णरूपले ध्वस्त पारिदिनु । यदि तिमीहरूले मेरो आज्ञा पालना गरेनौ भने, तिमीहरूले मेरो सट्टामा तिनीहरूका मूर्तिहरु पूज्‍नेछौ ।”

जब इस्राएलीहरू कनानको सीमानामा आइपुगे, मोशाले इस्राएलका प्रत्येक कूलबाट एक-एक जना गरि बाह्रजना मानिसहरू छाने । उनले ती मानिसहरूलाई त्यस देशको खबर बुझ्‍न जासूसका रूपमा पठाए । कनानीहरू बलिया छन् या निर्धा छन् भन्‍ने विषयमा चियो गर्नको निम्ति पनि तिनीहरूलाई पठाइएको थियो ।

ती बाह्रजना मानिसहरू चालीस दिनसम्म कनानमा घुमिरहे र त्यसपछि तिनीहरू फर्केर आए । तिनीहरूले मानिसहरूलाई भने, “त्यहाँको भूमि त धेरै मलिलो र प्रशस्तै फसल हुने खालको रहेछ।" तर दश जासूसले भने, "त्यो शहर एक्‍दमै शक्तिशालि छ र त्यहाँको मानिसहरु दैत्य जस्‍तै विशाल छन्। यदि हामिले उनिहरुलाई आक्रमण गर्‍यौ भने, उनिहरुले पक्‍कै पनि हामिलाई पराष्‍त गर्ने छन् र मार्ने छन्।"

तब तुरुन्तै अर्का दुई जासूसहरू, कालेब र यहोशूले चाहिँ यसो भने, “यो सहि हो कि कनानका मानिसहरू अग्ला र बलिया छन्, तर निश्‍चय नै हामीले तिनीहरूलाई परास्त गर्न सक्छौँ

तर मानिसहरूले कालेब र यहोशूको कुरा सुनेनन् । उनीहरू मोशा र हारूनसँग रिसाए र भने, “तपाईंहरूले किन हामीलाई यस्तो भयानक ठाउँमा ल्याउनुभयो ? लडाईंमा मारिनु र आफ्नी श्रीमती र बालबच्चाहरूलाई दास बनाइनुभन्दा त बरू हामी मिश्रदेशमै बसेको भए हुनेथियो ।” फेरि मिश्रदेशमा फर्काएर लैजानको लागि इस्राएलीहरूले एकजना नयाँ अगुवाको माग गरे ।

यो देखेर परमेश्‍वर धेरै रिसाउनुभयो र भेट हुने पालमा आउनुभयो । परमेश्‍वरले भन्‍नुभयो, “मेरो विरुद्धमा विद्रोह गरेका कारण तिमीहरू सबैजना यस उजाड स्थानमा भौँतारिदै हिँड्नेछौ । कालेब र यहोशू बाहेक २० बर्षभन्दा माथिका सबै यहिँ मर्नेछन् र प्रतिज्ञाको मुलुकभित्र छिर्न पाउनेछैनन् ।”

जब मानिसहरूले यो कुरा सुने, आफूले पाप गरेकोमा तिनीहरू साह्रै दुःखी भए । तिनीहरूले आफ्ना हतियारहरू लिए र कनानका मानिसहरूलाई आक्रमण गर्न गए । मोशाले तिनीहरूलाई त्यहाँ नजान चेतावनी दिए किनकि परमेश्‍वर तिनीहरूको साथमा हुनुहुन्‍थ्यो, तर तिनीहरूले उनको कुरा सुनेनन् ।

त्यस लडाईंमा परमेश्‍वर इस्राएलीहरूसँग जानुभएन, त्यसैले तिनीहरू पराजित भए र धेरैजना मारिए । त्यसपछि इस्राएलीहरू कनानबाट फर्के र चालिस वर्षसम्म उजाड स्थानमा भौँतारिरहे ।

चालिस वर्षसम्म उजाड स्थानमा भैँतारिरहँदा परमेश्‍वरले नै इस्राएलीहरूलाई जुटाइदिनुभयो । उहाँले तिनीहरूलाई स्वर्गबाट रोटी दिनुभयो, त्यस रोटीलाई “मन्‍न” भनिन्थ्यो । उहाँले तिनीहरू बसेको पालमा खानाको निम्ति मासुपनि होस् भन्‍ने हेतुले बट्टाईका झुण्ड पनि पठाइदिनुभयो । ती सबै समयभरि परमेश्‍वरले तिनीहरूका लुगा र जुत्ता च्यातिनबाट जोगाइदिनुभयो ।

परमेश्‍वरले तिनीहरूलाई चट्टानबाट पानी दिनुभयो । यति हुँदा-हुँदै पनि, इस्राएलीहरूले परमेश्‍वर र मोशाको विरुद्धमा आरोप लगाए र गनगन गरे तापनि, अब्राहाम, इसहाक र याकूबसँग आफूले बाँध्‍नुभएको प्रतिज्ञामा परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्थ्यो ।

एकपटक, जब मानिसहरूसँग पिउनको निम्ति पानी थिएन, परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “चट्टानलाई भन् र त्यसबाट पानी आउनेछ ।” तर मोशाले सबै मानिसहरूको सामुन्‍ने बोल्नुको सट्टा चट्टानमा दुई पटक लठ्ठीले हिर्काएर परमेश्‍वरको अनादर गरे । चट्टानबाट पानी त आयो तर परमेश्‍वर मोशासँग रिसाउनुभयो र भन्‍नुभयो, “तँ प्रतिज्ञाको मुलुकभित्र पस्‍न पाउनेछैनस् ।”

उजाड स्थानमा भौँतारिएको चालिस वर्षपछि, परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने सबै इस्राएलीहरू मरिसकेका थिए । त्यसपछि परमेश्‍वरले फेरि मानिसहरूलाई प्रतिज्ञा गरिएको मुलुकको छेउमा लग्‍नुभयो । मोशा अब बूढा भइसकेका थिए, त्यसैले परमेश्‍वरले यहोशूलाई ती मानिसहरूको नेतृत्व गर्न छान्‍नुभयो । परमेश्‍वरले मोशालाई यो पनि प्रतिज्ञा गर्नुभयो कि एकदिन उहाँले मोशाजस्तै अर्को एकजना अगमवक्ता पठाउनुहुनेछ ।

अनि परमेश्‍वरले मोशालाई पहाडको टुप्पोमा जान भन्‍नुभयो, ताकि उनले प्रतिज्ञा गरिएको मुलुक हेर्न सकून् । मोशाले प्रतिज्ञा गरिएको मुलुक देख्‍न पाए तर परमेश्‍वरले मेशालाई प्रवेश गर्न दिनुभएन । त्यसपछि मोशाको मृत्यु भयो, र तीस दिनसम्म इस्राएलीहरूले उनको निम्ति शोक मनाए । यहोशू तिनीहरूका नयाँ अगुवा भए । यहोशू एक असल अगुवा थिए किनकि उनी परमेश्‍वरमा भरपर्थे ।

Srodne informacije

Reči života - Аудио јеванђеоске поруке на хиљадама језика које садрже библијске поруке о спасењу и хришћанском животу.

Copyright and Licensing - GRN shares its audio, video and written scripts under Creative Commons

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?