Тілді таңдаңыз

mic

Бөлісу

Сілтемені бөлісу

QR code for https://globalrecordings.net/script/8652

unfoldingWord 04 - अब्राहामसँग परमेश्‍वरको करार

unfoldingWord 04 - अब्राहामसँग परमेश्‍वरको करार

Контур: Genesis 11-15

Сценарий нөмірі: 1204

Тіл: Nepali

Тақырып: Living as a Christian (Obedience, Leaving old way, begin new way); Sin and Satan (Judgement, Heart, soul of man)

Аудитория: General

Мақсат: Evangelism; Teaching

Features: Bible Stories; Paraphrase Scripture

Күй: Approved

Сценарийлер басқа тілдерге аудару және жазу үшін негізгі нұсқаулар болып табылады. Оларды әр түрлі мәдениет пен тілге түсінікті және сәйкес ету үшін қажетінше бейімдеу керек. Пайдаланылған кейбір терминдер мен ұғымдар көбірек түсіндіруді қажет етуі немесе тіпті ауыстырылуы немесе толығымен алынып тасталуы мүмкін.

Сценарий мәтіні

जलप्रलयको धेरै वर्षपछि, संसारमा मानिसहरूको संख्या फेरि वृद्धि हुँदै गयो, र तिनीहरूले अझ परमेश्‍वर र एकअर्काको विरुद्धमा पाप गरे।  किनकि तिनीहरू सबै एउटै भाषा बोल्ने गर्दथे, परमेश्‍वरले आज्ञा गर्नुभए बमोजिम पृथ्वीमा भरिनुको साटो उनीहरू एकसाथ भेला भएर एउटा सहर निर्माण गर्न लागे ।

तिनीहरू धेरै घमण्डी थिए, अनि परमेश्‍वरले भन्‍नुभएको कुरालाई तिनीहरूले वास्ता गरेनन् । तिनीहरूले स्वर्गसम्म पुग्‍नको लागि अग्लो धरहरा निर्माण गर्न थाले । यदि उनीहरू अझै एकसाथ दुष्ट कामहरू गर्दै गए भने उनीहरू अझै बढी अधर्मी हुनसक्ने परमेश्‍वरले देख्‍नुभयो ।

त्यसैले परमेश्‍वरले उनीहरूका भाषालाई अन्य थुप्रै भाषाहरूमा बदलिदिनुभयो अनि मानिसहरूलाई सारा संसारभरि तितर-बितर पारिदिनुभयो । उनीहरूले बनाउन सुरु गरेको सहरको नाउँ “बाबेल” थियो, जसको अर्थ “अलमल्लमा पर्नु” थियो ।

सयौँ वर्षपछि, परमेश्‍वर अब्राम नाउँ गरेका एकजना व्यक्तिसँग बोल्नुभयो । परमेश्‍वरले उनलाई भन्‍नुभयो, “तेरो देश र घरानालाई छोड् र मैले तँलाई देखाउन लागेको ठाउँमा जा । म तँलाई आशिष् दिनेछु र तँलाई दिएको ठाउँलाई एउटा महान् राष्ट्र बनाउनेछु । म तेरो नाउँ महान् तुल्याउनेछु । म तेरो नाउँलाई ठूलो पार्नेछु । तँलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु अनि तँलाई श्रापदिनेहरूलाई म श्राप दिनेछु । पृथ्वीमा भएका सारा घरानाहरू तेरो कारण आशिषित् हुनेछन् ।”

अनि अब्रामले परमेश्‍वरको आज्ञा माने । उनले आफ्नी श्रीमती साराइ, आफ्ना सारा नोकरहरू र आफ्नो सबै थोक लिएर परमेश्‍वरले देखाउनुभएको देश कनान तिर लागे ।

जब अब्राम कनानमा आइपुगे, परमेश्‍वरले भन्‍नुभयो, “आफ्नो चारैतिर हेर । तँ र तेरा सन्तानलाई तैँले देख्‍नसके जति सबै देश पैतृक सम्पत्तिको रूपमा तँलाई दिनेछु ।” अनि अब्राम त्यस देशमा बस्‍न लागे ।

एकदिन, अब्रामले सर्वोच्च परमेश्‍वरका पूजाहारी, मल्कीसेदेकलाई भेटे । मल्कीसेदेकले अब्रामलाई आशिष् दिएर भने, “आकाश र पृथ्वीका मालिक, सर्वोच्चका परमेश्‍वरले तिमीलाई आशिष् दिऊन् ।” अनि अब्रामले मल्कीसेदेकलाई आफ्नो सारा सम्पत्तिको दशौं हिस्सा दिए ।

धेरै वर्ष बितिगए तर अब्राम र साराइको कुनै सन्तान भएको थिएन । परमेश्‍वर अब्रामसँग बोल्नुभयो र फेरि प्रतिज्ञा गर्नुभयो कि उसको एउटा छोरा हुनेछ र उसका सन्तानहरू आकाशका तारा सरह हुनेछन् । अब्रामले परमेश्‍वरको प्रतिज्ञामा विश्‍वास गरे । परमेश्‍वरले अब्रामलाई धर्मी ठहराउनुभयो किनकि अब्रामले परमेश्‍वरको प्रतिज्ञामा विश्‍वास गरे ।

अनि परमेश्‍वरले अब्रामसँग एउटा करार बाँध्‍नुभयो । करारचाहिँ दुई पक्षबीचको सम्झौता हो । परमेश्‍वरले भन्‍नुभयो, “तेरो आफ्नै शरीरबाट म तँलाई एउटा छोरा दिनेछु । कनान देश म तेरा सन्तानहरूलाई दिनेछु ।” तर अब्रामसँग अझै पनि एउटै छोरा थिएन ।

Қатысты ақпарат

Өмір сөздері - Құтқару және христиандық өмір туралы Киелі кітапқа негізделген хабарларды қамтитын мыңдаған тілдердегі аудио ізгі хабарлар.

Copyright and Licensing - GRN shares its audio, video and written scripts under Creative Commons

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?