unfoldingWord 33 - किसानको कथा
Áttekintés: Matthew 13:1-23; Mark 4:1-20; Luke 8:4-15
Szkript száma: 1233
Nyelv: Nepali
Közönség: General
Célja: Evangelism; Teaching
Features: Bible Stories; Paraphrase Scripture
Állapot: Approved
A szkriptek alapvető irányelvek a más nyelvekre történő fordításhoz és rögzítéshez. Szükség szerint módosítani kell őket, hogy érthetőek és relevánsak legyenek az egyes kultúrák és nyelvek számára. Egyes használt kifejezések és fogalmak további magyarázatot igényelhetnek, vagy akár le is cserélhetők vagy teljesen kihagyhatók.
Szkript szövege
एकदिन, येशू समुन्द्र किनारको छेऊमा ठूलो भीडमा मानिसहरूलाई शिक्षा दिइराख्नुभएको थियो । उहाँको कुरा सुन्न यति धेरै मानिसहरू आए कि बोल्नको निम्ति पर्याप्त ठाउँ होस् भनेर येशू समुन्द्रको छेऊमा भएको डुङ्गामाथि चढ्नुभयो । उहाँ डुङ्गामा बस्नुभयो र मानिसहरूलाई सिकाउन लाग्नुभयो ।
येशूले यो कथा भन्नुभयो, “एकजना किसान बिउ छर्नको निम्ति बाहिर निस्क्यो । जसै ऊ बिउ छर्दै थियो, केही बिउ बाटोमै झरे, अनि चराहरू आए र ती सबै बिउहरू खाइदिए ।”
“अरु केही बिउहरू ढुङ्गेनी जमीनमा परे, जहाँ माटो ज्यादै थोरै मात्रामा थियो । ती ढुङ्गेनी जमीनमा परेका बिउहरू चाँडै नै उम्रे, तर तिनका जराहरू माटोभित्र जान सक्ने थिएन । जब घाम लाग्यो अनि गर्मी हुन लाग्यो, ती विरुवाहरू ओइलाएर मरे ।”
“अरू केही बिउहरू काँढेदार झाडीहरू भएको ठाउँमा पर्यो । ती बिउहरू बढ्न त बढे, तर काँढाहरूले ती विरुवाहरूलाई निसासिदियो । त्यसैले काँढाहरू भएको जमीनमा उम्रेका विरुवाहरूले कुनै फल फलाएन ।”
“अरू बिउहरू असल माटो भएको जमीनमा पर्यो । यी बिउहरू उम्रे र तिनले ३०, ६० वा अझ १०० गुणा बढी फल दिए । जसको कान छ, त्यसले सुनोस्
यस कथाले चेलाहरूलाई अलमल्लमा पार्यो । त्यसैले येशूले बुझाउनुभयो, “बिउचाहिँ परमेश्वरको वचन हो । बाटोचाहिँ त्यो व्यक्ति हो जसले परमेश्वरको वचन त सुन्छ, तर त्यसलाई बुझ्दैन, अनि दुष्टले ऊबाट त्यस वचन खोसेर लैजान्छ ।”
“ढुङ्गेनी जमीनचाहिँ त्यो व्यक्ति हो जसले परमेश्वरको वचन सुन्छ र यसलाई हर्षकासाथ ग्रहण गर्छ । तर जब उसले कठिन परिस्थिति अथवा खेदोको सामना गर्छ, ऊ त्यसबाट पछि हट्दछ ।”
“काँढेदार जमीन चाहिँ त्यो व्यक्ति हो जसले परमेश्वरको वचन सुन्छ, तर जसै समय बित्दै जान्छ, जीवनको फिक्री, धनसम्पति, र आनन्दले परमेश्वरप्रतिको उसको प्रेमलाई निसास्सि दिन्छ । फलस्वरूप, उसले सुनेको शिक्षाले कुनै फल फलाउँदैन ।”
“तर असल माटोचाहिँ त्यो व्यक्ति हो, जसले परमेश्वरको वचन सुन्छ, त्यसलाई विश्वास गर्छ, र फल फलाउँछ ।”