Válasszon nyelvet

mic

Részvény

Hivatkozás megosztása

QR code for https://globalrecordings.net/script/8666

unfoldingWord 18 - विभाजित राज्य

unfoldingWord 18 - विभाजित राज्य

Áttekintés: 1 Kings 1-6; 11-12

Szkript száma: 1218

Nyelv: Nepali

Közönség: General

Célja: Evangelism; Teaching

Features: Bible Stories; Paraphrase Scripture

Állapot: Approved

A szkriptek alapvető irányelvek a más nyelvekre történő fordításhoz és rögzítéshez. Szükség szerint módosítani kell őket, hogy érthetőek és relevánsak legyenek az egyes kultúrák és nyelvek számára. Egyes használt kifejezések és fogalmak további magyarázatot igényelhetnek, vagy akár le is cserélhetők vagy teljesen kihagyhatók.

Szkript szövege

दाऊद राजाले ४० बर्ष राज्‍य गरे अनि उनको मृत्यु भयो र उनका छोरा सोलोमनले इस्राएलमाथि शासन गर्न थाले । परमेश्‍वर सोलोमनसँग बोल्नुभयो र उसलाई सबैभन्दा बढी के कुराको चाहना छ भनी सोध्‍नुभयो । सोलोमनले ज्ञान-बुद्धि मागे अनि परमेश्‍वर प्रसन्‍न हुनुभयो र उसलाई संसारकै सबैभन्दा बुद्धिमान मानिस तुल्याउनुभयो । सोलोमनले धेरै कुराहरू सिके र एक बुद्धिमान न्यायकर्ता भए । परमेश्‍वरले उनलाई धेरै सम्पन्‍न पनि बनाउनुभयो ।

यरुशलेममा, सोलोमनले त्यस मन्दिरको निर्माण गरे जुन उनका पिता दाऊदले बनाउने योजना गरेका थिए र त्यसको लागि सामानहरू जम्मा गरेका थिए । मानिसहरूले अब परमेश्‍वरलाई पूज्‍ने र भेट हुने पालको सट्टा मन्दिरमा बलिहरू चढाए । परमेश्‍वर त्यस मन्दिरमा उपस्थित हुनुहुन्थ्यो । अनि उहाँ आफ्ना मानिसहरूसँग रहनुभयो ।

तर सोलोमनले अन्य देशका स्‍ त्रीहरूलाई प्रेम गरे । उनले करिब १,००० जना स्‍ त्रीहरूसँग विवाह गरे, र परमेश्‍वरको अनाज्ञाकारी भए । यी स्‍ त्रीहरूमध्ये धेरैजना अन्य देशहरूबाट आएका थिए अनि आफूसँगै आफ्ना देवताहरू पनि ल्याएका थिए जसलाई तिनीहरूले पूजिनै रहे । जब सोलोमन वृद्ध भए, उनले पनि तिनीहरूका देवताहरूलाई पूज्‍न थाले ।

परमेश्‍वर सोलोमनसँग रिसाउनुभएको थियो अनि उसको अविश्‍वासनियताको कारण दण्ड स्वरूप, उहाँले सोलोमनको मृत्यु पश्‍चात इस्राएल राष्ट्रलाई दुई राज्यमा विभाजन गरिदिने प्रतिज्ञा गर्नुभयो ।

सोलोमनको मृत्युपछि उनका छोरा, रहोवाम, इस्राएलका राजा भए । रहोवाम एक मूर्ख मानिस थिए । इस्राएल राष्ट्रका सारा मानिसहरू उनलाई राज्याभिषेक गर्न एकसाथ भेला भए । तिनीहरूले रहोवामलाई सोलोमन राजाले कडा परिश्रम गर्न लगाएको र धेरै कर तिर्न लगाएको भनी गुनासो गरे ।

रहोवामले मूर्खतापूर्वक उनीहरूलाई जवाफ दिए, “मेरा बुबाले कडा परिश्रम गर्न लगाउनुभएको भनी तिमीहरूले सोचेका छौ, तर म तिमीहरूलाई उहाँले भन्दा बढी परिश्रम गर्न लगाउनेछु र उहाँले भन्दा बढी सजाय दिनेछु ।”

इस्राएल राष्ट्रका कुलहरूमध्ये दश कुलहरूले रहोबामको विरुद्धमा विद्रोह गरे । केवल दुई कुल मात्र उनीप्रति विश्‍वासयोग्य भए । यी दुई कुलहरू नै यहूदाको राष्ट्र भए ।

रहोबामको विरुद्धमा विद्रोह गरेका इस्राएलका अरू दश कुलले, यरोबाम नाउँ गरेका एकजना मानिसलाई आफ्नो राजा हुन नियुक्त गरे । उनीहरूले आफ्नो राज्य देशको उत्तरी भागमा खडा गरे र त्यसलाई इस्राएलको राज्य भनियो ।

यरोबामले परमेश्‍वरको विरुद्धमा विद्रोह गरे र मानिसहरूलाई पाप गर्न लगाए । यहूदाको राज्यमा भएको मन्दिरमा गएर परमेश्‍वरको आराधना गराउनको साटो उनले मानिसहरूका निम्ति आराधना गर्न दुईवटा मूर्तिहरू बनाइदिए ।

यहूदा र इस्राएलका राज्यहरू दुश्मन भए र घरीघरी एक-अर्काको विरुद्धमा लडाईं गरिरहे ।

इस्राएलको नयाँ राज्यमा, सबै राजाहरू दुष्ट थिए । यी राजाहरूमध्ये धरैजना अरू इस्राएलीहरूद्वारा मारिए जो उनीहरूको ठाँउमा राजा हुन चाहेका थिए ।

इस्राएल राज्यका सबै राजाहरू र धेरैजसो मानिसहरूले मूर्तिपूजा गरे । उनीहरूका मूर्तिपूजाको कामहरूमा धेरैजसो व्यभिचार र कहिलेकहीँ त बाल बलि समेत सामिल गरे ।

यहूदाका राजाहरू दाऊदका सन्तानहरू थिए । यी राजाहरूमध्ये कोही असल मानिसहरू थिए जसले न्यायपुर्वक राज्य गरे र परमेश्‍वरलाई पूजे । तर यहूदाका धेरैजसो राजाहरू दुष्ट र भ्रष्ट थिए अनि तिनीहरूले पनि मूर्तिपूजा गरे । केही राजाहरूले त झूटा देवताहरूको निम्ति आफ्नै बालबच्चाको समेत बलि दिए । यहूदाका धेरैजसो मानिसहरूले पनि परमेश्‍वरको विरुद्धमा विद्रोह गरे र अरू देवताहरूलाई पूजे ।

Kapcsolódó információ

Az Élet Szavai - Hangos evangéliumi üzenetek több ezer nyelven, amelyek Biblián alapuló üzeneteket tartalmaznak az üdvösségről és a keresztény életről.

Copyright and Licensing - GRN shares its audio, video and written scripts under Creative Commons

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?