Hautatu hizkuntza bat

mic

Partekatu

Partekatu esteka

QR code for https://globalrecordings.net/script/8672

unfoldingWord 24 - यूहन्‍नाले येशूलाई बप्तिस्मा दिनुभयो

unfoldingWord 24 - यूहन्‍नाले येशूलाई बप्तिस्मा दिनुभयो

Eskema: Matthew 3; Mark 1; Luke 3; John 1:15-37

Gidoi zenbakia: 1224

Hizkuntza: Nepali

Publikoa: General

Helburua: Evangelism; Teaching

Features: Bible Stories; Paraphrase Scripture

Egoera: Approved

Gidoiak beste hizkuntzetara itzultzeko eta grabatzeko oinarrizko jarraibideak dira. Beharrezkoa den moduan egokitu behar dira kultura eta hizkuntza ezberdin bakoitzerako ulergarriak eta garrantzitsuak izan daitezen. Baliteke erabilitako termino eta kontzeptu batzuk azalpen gehiago behar izatea edo guztiz ordezkatu edo ezabatzea ere.

Gidoiaren Testua

जकरिया र एलिशिबाका छोरा यूहन्‍ना हुर्किए अनि एक अगमवक्ता भए । उनी उजाड स्थानमा बस्‍थे, वनमह र सलह खान्थे‍, र ऊँटको रौँबाट बनेको लुगा लगाउँदथे ।

धेरै मानिसहरू उजाड स्थानमा यूहन्‍नाको वचन सुन्‍न आए । उनले तिनीहरूलाई यसो भनी प्रचार गरे, “पश्‍चाताप गर, किनभने परमेश्‍वरको राज्य नजिकै आएको छ

जब मानिसहरूले यूहन्‍नाको सन्देश सुने, तिनीहरूमध्ये धेरैले आफ्ना पापदेखि पश्‍चाताप गरे, अनि यूहन्‍नाले उनीहरूलाई बप्तिस्मा दिए । धेरै धार्मिक अगुवाहरू पनि यूहन्‍नाबाट बप्तिस्मा लिन आए, तर तिनीहरूले आफ्ना पाप स्वीकार र पश्‍चाताप गरेनन् ।

यूहन्‍नाले ती धार्मिक अगुवाहरूलाई भने, “हे विषालु सर्प हो! पश्‍चात्ताप गर र आफ्नो मनमा नयाँ होऊ। परमेश्‍वरले असल फल नफलाउने हरेक रुख काट्नु हुनेछ, र आगोमा फालिदिनुहुनेछ।" यूहन्‍नाले अगमवक्ताहरुको भनाई पुरा गरे, "हेर, म चाडै नै मेरो दुत तिम्रो अघि पठाउने छु, जस्‍ले तिम्रो निम्‍ति मार्ग तयार पार्नेछ।"

केही यहूदीहरूले यूहन्‍नालाई के उनी नै त्यो मसिह हुन् भनी सोधे । यूहन्‍नाले जवाफ दिए, “म मसिह होइन, तर म पछि कोही आउँदैहुनुहुन्छ । उहाँ यति महान् हुनुहुन्छ कि उहाँको जुत्ताको फित्ता समेत खोल्न म योग्यको छैन ।”"

अर्को दिन, येशू यूहन्‍नाद्वारा बप्तिस्मा लिनको निम्ति आउनुभयो । जब यूहन्‍नाले उहाँलाई देखे, उनले भने, “हेर संसारको पाप उठाइ लैजाने परमेश्‍वरको थुमा।"

यूहन्‍नाले येशूलाई भने, “ तपाईं लाई बप्तिस्मा दिन योग्यको म छैन । बरू तपाईं ले मलाई बप्तिस्मा दिनुपर्छ ।” तर येशूले जवाफ दिनुभयो, “तिमीले मलाई बप्तिस्मा दिनुपर्छ, किनकि यो गर्नु सहि छ ।” त्यसैले यूहन्‍नाले उहाँलाई बप्तिस्मा दिए, तथापि येशूले कहिल्यै पाप गर्नुभएको थिएन ।

बप्तिस्मा भएपछि जब येशू पानीबाट बाहिर आउनुभयो, परमेश्‍वरको आत्मा ढुकुरको रूपमा देखा पर्नुभयो अनि तल आउनुभयो र उहाँमाथि बस्‍नुभयो । त्यतिनै खेर, स्वर्गबाट परमेश्‍वरको आवाज यसो भन्दै बोल्नुभयो, “यिनी मेरा प्रिय पुत्र हुन्, र यिनीसँग म अत्यन्तै प्रशन्‍न छु ।”

परमेश्‍वरले यूहन्‍नालाई भन्‍नुभएको थियो, “पवित्र आत्मा तल ओह्रलीआउनुहुनेछ र तिमीले बप्तिस्मा दिएको कोहीमाथि बस्‍नुहुनेछ । त्यो व्यक्तिचाहिँ परमेश्‍वरको पुत्र हुनुहुन्छ ।” त्यहाँ केवल एकमात्र परमेश्‍वर हुनुहुन्छ । तर जब यूहन्‍नाले येशूलाई बप्तिस्मा दिए, उनले पिता परमेश्‍वर बोल्नुभएको सुने, परमेश्‍वरका पुत्र देखे, जो येशू हुनुहुन्छ, र उनले पवित्र आत्मालाई देखे ।

Lotutako informazioa

Bizitzako Hitzak - Salbazioari eta kristau bizitzari buruzko Biblian oinarritutako mezuak dituzten milaka hizkuntzatako ebanjelio mezu audioak.

Copyright and Licensing - GRN shares its audio, video and written scripts under Creative Commons

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?