Hautatu hizkuntza bat

mic

Partekatu

Partekatu esteka

QR code for https://globalrecordings.net/script/8655

unfoldingWord 07 - परमेश्‍वरले याकूबलाई आशिष् दिनुभयो

unfoldingWord 07 - परमेश्‍वरले याकूबलाई आशिष् दिनुभयो

Eskema: Genesis 25:27-35:29

Gidoi zenbakia: 1207

Hizkuntza: Nepali

Publikoa: General

Helburua: Evangelism; Teaching

Features: Bible Stories; Paraphrase Scripture

Egoera: Approved

Gidoiak beste hizkuntzetara itzultzeko eta grabatzeko oinarrizko jarraibideak dira. Beharrezkoa den moduan egokitu behar dira kultura eta hizkuntza ezberdin bakoitzerako ulergarriak eta garrantzitsuak izan daitezen. Baliteke erabilitako termino eta kontzeptu batzuk azalpen gehiago behar izatea edo guztiz ordezkatu edo ezabatzea ere.

Gidoiaren Testua

जब ती बालकहरू हुर्किदै गए, याकूब घरमै बस्‍न रूचाउँथे, तर एसावलाई चाहिँ शिकार गर्न मनपर्‍थ्‍यो । रिबेका याकूबलाई माया गर्थिन, तर इसहाकले एसावलाई माया गर्दथे ।

एकदिन, जब एसाव शिकारबाट घर फर्के, उनी साह्रै भोकाएका थिए । एसावले याकूबलाई भने, “तिमीले बनाएको केही खानेकुरा मलाई पनि देऊ ?” याकूबले जवाफ दिए, “पहिले मलाई तपाईंको ज्येष्ठ अधिकार दिनुहोस् ।” अनि एसावले आफ्नो ज्येष्ठ अधिकार याकूबलाई दिए र याकूबले उनलाई केही खानेकुरा दिए ।

इसहाकले आफ्नो आशिष् एसावलाई दिन चाहन्थे । तर उनले त्यसो गर्नुभन्दा अघि, रिबेका र याकूब मिलेर, याकूबलाई एसावजस्तै बनाएर उनीहरूले इसहाकलाई झुक्याए । इसहाक वृद्ध भईसकेका थिए र केही पनि देख्‍न सक्दैन थिए । याकूबले एसावको लुगा लगाए र बाख्राका पाठाको छालाले आफ्नो घाँटी र हातहरू ढाकेका थिए ।

याकूब इसहाककहाँ आए र भने, “म एसाव हुँ । तपाईंको आशिष् थाप्‍न म आएको छु ।” जब इसहाकले बाख्राको रौँ छामे र लुगाहरूको बास्‍ना सुघे, त्यो एसाव नै हुनुपर्छ भन्‍ने उनले ठाने ।

एसावले याकूबलाई घृणा गर्दथे किनकि याकूबले उसको ज्येष्ठ अधिकार र उसले पाउनुपर्ने आशिष् खोसेका थिए । त्यसैले उनले बुबाको मृत्युपछि याकूबलाई मार्ने योजना बनाए ।

तर रिबेकाले एसावको योजनाको बारेमा थाहा पाइन् । त्यसैले इसहाक र रिबेकाले याकूबलाई त्यस ठाउँबाट टाढा आफ्ना आफन्तहरूकहाँ पठाइदिए ।

याकूब धेरै वर्षसम्म रिबेकाको घरानासँग बसे । त्यो समयावधिमा उनले विवाह गरे र उनका बाह्रजना छोराहरू र एउटी छोरी भए । परमेश्‍वरले उनलाई ज्यादै धनी बनाउनुभएको थियो ।

बीस वर्षसम्म आफ्नो घर कनान भन्दा टाढा बसिसकेपछि, याकूब आफ्नो परिवार, आफ्ना नोकरहरू र आफ्ना सारा गाईवस्तु साथमा लिएर कनान फर्के ।

याकूब ज्यादै डराएका थिए किनकि एसावले उनलाई अझै मार्न चाहन्छन् भनी उनले सोचेका थिए । त्यसैले याकूबले धेरै गाईवस्तु उपहार स्वरूप एसावकहाँ पठाए । गाईवस्तु लिएर गएका नोकरहरूले एसावलाई भने, “तपाईंको दास, याकूबले तपाईंलाई यी गाईवस्तु पठाउनुभएको छ । उहाँ चाँडै नै आउँदै हुनुहुन्छ ।”

तर एसावले याकूबलाई पहिल्यै क्षमा दिइसकेका थिए अनि उनीहरू एक-अर्कालाई फेरि देख्‍न पाउँदा खुशी भए । त्यसपछि याकूब कनानमा शान्तिसँग बसे । त्यसपछि इसहाक मरे, अनि याकूब र एसावले उनलाई गाडे । परमेश्‍वरले अब्राहामसँग वाचा गर्नुभएको करार अब इसहाकबाट याकूबमा सर्‍यो ।

Lotutako informazioa

Bizitzako Hitzak - Salbazioari eta kristau bizitzari buruzko Biblian oinarritutako mezuak dituzten milaka hizkuntzatako ebanjelio mezu audioak.

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?

Copyright and Licensing - GRN shares its audio, video and written scripts under Creative Commons