Hautatu hizkuntza bat

mic

Partekatu

Partekatu esteka

QR code for https://globalrecordings.net/script/8649

unfoldingWord 01 - सृष्टि

unfoldingWord 01 - सृष्टि

Eskema: Genesis 1-2

Gidoi zenbakia: 1201

Hizkuntza: Nepali

Gaia: Bible timeline (Creation)

Publikoa: General

Helburua: Evangelism; Teaching

Features: Bible Stories; Paraphrase Scripture

Egoera: Approved

Gidoiak beste hizkuntzetara itzultzeko eta grabatzeko oinarrizko jarraibideak dira. Beharrezkoa den moduan egokitu behar dira kultura eta hizkuntza ezberdin bakoitzerako ulergarriak eta garrantzitsuak izan daitezen. Baliteke erabilitako termino eta kontzeptu batzuk azalpen gehiago behar izatea edo guztiz ordezkatu edo ezabatzea ere.

Gidoiaren Testua

परमेश्‍वरले सबै कुराको सुरुवात यसरी गर्नु भयो ।। परमेश्‍वरले सारा संसारमा र त्यसमा भएका सम्पूर्ण थोकहरू ६ दिनमा सृष्टि गर्नुभयो । परमेश्‍वरले पृथ्वीको सृष्टि गर्नुभयो र त्यो अन्धकार र शुन्य थियो, अनि उहाँले त्यसमा कुनै पनि थोकहरू सृष्टि गर्नु भएको थिएन। तर परमेश्‍वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहनुभएको थियो ।

तब परमेश्‍वरले भन्‍नुभयो, “उज्यालो होस्!" र त्यहाँ उज्यालो भयो । परमेश्‍वरले  देख्नुभयो कि उज्यालो असल थियो र त्यसलाई "दिन" भन्‍नु भयो । उहाँले दिनलाई अध्यारोबाट छुट्टयाउनु भयो र  अध्यारोलाई "रात" भन्‍नु भयो। परमेश्‍वरले सृष्टिको पहिलो दिन उज्यालो सृष्टि गर्नु भयो ।

सृष्टिको दोस्रो दिनमा, परमेश्‍वरले भन्‍नुभयो, "पानिमाथि एक क्षत्र होस्।" र त्यहाँ एक क्षत्र भयो। उहाँले पृथ्वीमाथि र पृथ्वीमुनि भएको पानीलाई अलग गर्नुभयो। उहाँले त्यसलाई "आकाश" भन्‍नुभयो ।

तेस्रो दिनमा, परमेश्‍वरले भन्‍नुभयो, "पानि एकै ठाउँमा सगैँ होस् र सुख्‍खा भुमि देखा परोस् ।" उहाँले सुख्खा भूमिलाई “पृथ्वी” भन्‍नुभयो, र पानीलाई “समुद्र” भन्‍नुभयो । आफूले सृष्टि गर्नुभएका सबै कुराहरू परमेश्‍वरले हेर्नुभयो र त्यो असल थियो ।

त्यसपछि परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले हरेक प्रकारका वनस्पतिहरू उमारुन् ।” अनि त्यस्तै भयो । परमेश्‍वरले देख्‍नुभयो कि उहाँले बनाउनुभएका सबै थोकहरू असल थिए ।

सृष्टिको चौथो दिन, परमेश्‍वरले भन्‍नुभयो, "उज्यालो होस् ।" र सूर्य, चन्द्रमा र ताराहरू आकाश मण्डलमा बनिए । परमेश्‍वरले तिनीहरूलाई पृथ्वीलाई ज्योति दिन, अनि दिन र रात छुट्याउन, ऋतुहरू र वर्षहरू छुट्याउन को निम्ति बनाउनुभयो । अनि परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो ।

पाचौँ दिन, परमेश्‍वरले भन्‍नुभयो, "पानी जिवित कुराहरुले र आकाश पंक्षीहरूले भरिउन्।" उहाँले यसरी, पानीमा पौडीने सबै थोकहरू अनि सबै किसिमका पंक्षीहरू  बनाउनुभयो । परमेश्‍वरले तिनीहरूलाई हेर्नुभयो र असल देख्‍नुभयो, अनि उहाँले तिनीहरूलाई आशिष् दिनुभयो ।

सृष्टिको छैठौँ दिनमा, परमेश्‍वरले भन्‍नुभयो, “त्यहाँ हरेक प्रकारका जमिनमा हिँड्ने जीवजन्तुहरू होऊन् ।” अनि परमेश्‍वरले भन्‍नुभए जस्तै भइहाल्यो । केही जनावरहरू घरपालुवा थिए, केही जमिनमा घस्रन्थे, अनि केही चाहिँ जङ्गली थिए । परमेश्‍वरले देख्‍नुभयो कि त्यो असल थियो ।

त्यसपछि परमेश्‍वरले भन्‍नुभयो, “हामी मानिसलाई हाम्रै स्वरूपमा हामी जस्तै हुनको निम्ति बनाऔँ । उनीहरूले समस्त पृथ्वीमा र पृथ्वीमा भएका जीवजन्तुहरूमाथि अधिकार गर्नेछन् ।”

त्यसैले परमेश्‍वरले भूमिबाट केही माटो लिनुभयो, र त्यसलाई मानिसको आकार दिनुभयो, अनि त्यसमा जीवनको स्‍वास् हालिदिनुभयो । यस मानिसको नाउँ आदम थियो । परमेश्‍वरले एउटा बगैँचा बनाउनुभयो जहाँ आदम रहन सक्थे । बगैँचाको हेरचाह गर्न परमेश्‍वरले उनलाई त्यहाँ राख्‍नुभयो ।

बगैँचाको बीच भागमा, परमेश्‍वरले दुईवटा विशेष रूखहरू रोप्‍नुभयो-जीवनको रूख अनि असल र खराबको ज्ञान दिने रूख । परमेश्‍वरले आदमलाई भन्‍नुभयो कि सबै रूखका फलहरू निसंकोच मानेर खानु तर असल र खराबको ज्ञान दिने रूखको फल नखानू । यदि उसले त्यस रूखबाट फल खाएमा ऊ मर्ने थियो ।

अनि परमेश्‍वरले भन्‍नुभयो, “मानिस एक्लो रहन असल छैन ।” तर त्यहाँ भएको कुनै पनि जनावर आदमको सहयोगी बन्‍न सकेनन् ।

त्यसैले परमेश्‍वरले आदमलाई गहिरो निद्रामा पार्नुभयो । अनि परमेश्‍वरले आदमको करङहरू मध्येबाट एउटा करङ लिनुभयो र त्यसबाट एउटी स्‍त्री बनाउनुभयो र तिनलाई आदमकहाँ ल्याउनुभयो ।

जब आदमले तिनलाई देखे, उनले भने, “अन्तत्, उनि म जस्तै छिन् ! उनलाई 'स्‍ त्री' भनिनेछ, किनकि उनि पुरुषबाट बनेकी  हुन।" यसैकारण मानिसले आफ्ना आमा-बाबुलाई छोड्छ, र तिनिहरु एउटै शरिर हुन्छन्।

परमेश्‍वरले पुरुष र स्‍ त्री लाई आफ्नै स्वरूपमा बनाउनुभयो । उहाँले तिनीहरूलाई आशिष् दिनुभयो र भन्‍नुभयो, “धेरै सन्तानहरू जन्माओ र पृथ्वीमा भरिदैजाऔँ ।” अनि परमेश्‍वरले आफूले बनाउनुभएका सबै थोकहरू असल देख्‍नुभयो, अनि यी सबैद्वारा उहाँ प्रसन्‍न हुनुभयो । यी सबै सृष्टिको छैठौँ दिन सम्म भएका थिए ।

जब सातौँ दिन आयो, परमेश्‍वरले आफ्ना सबै कामहरू सिध्याइसक्नु भएको थियो । त्यसैले आफ्ना सबै कामहरूबाट उहाँले विश्राम लिनुभयो । उहाँले सातौँ दिनलाई आशिष् दिनुभयो र पवित्र तुल्याउनुभयो, किनकि त्यस दिन उहाँले आफ्नो कामबाट विश्राम लिनुभयो । यसरी परमेश्‍वरले सारा संसार र त्यसमा भएका सबै कुराको सृष्टि गर्नुभयो ।

Lotutako informazioa

Bizitzako Hitzak - Salbazioari eta kristau bizitzari buruzko Biblian oinarritutako mezuak dituzten milaka hizkuntzatako ebanjelio mezu audioak.

Copyright and Licensing - GRN shares its audio, video and written scripts under Creative Commons

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?