Επιλέξτε μια Γλώσσα

mic

Μερίδιο

Μοιράζομαι ένα σύνδεσμο

QR code for https://globalrecordings.net/script/8691

unfoldingWord 43 - मण्डलीको शुरूवात

unfoldingWord 43 - मण्डलीको शुरूवात

Περίγραμμα: Acts 1:12-14; 2

Αριθμός σεναρίου: 1243

Γλώσσα: Nepali

Κοινό: General

Σκοπός: Evangelism; Teaching

Features: Bible Stories; Paraphrase Scripture

Κατάσταση: Approved

Τα σενάρια είναι βασικές οδηγίες για μετάφραση και ηχογράφηση σε άλλες γλώσσες. Θα πρέπει να προσαρμόζονται όπως είναι απαραίτητο για να είναι κατανοητές και σχετικές με κάθε διαφορετική κουλτούρα και γλώσσα. Ορισμένοι όροι και έννοιες που χρησιμοποιούνται μπορεί να χρειάζονται περισσότερη εξήγηση ή ακόμη και να αντικατασταθούν ή να παραλειφθούν εντελώς.

Κείμενο σεναρίου

येशू स्वर्गमा फर्किजानुभएपछि, चेलाहरू येशूले आज्ञा गर्नुभए बमोजिम यरूशलेममा नै बसिरहे । त्यहाँ भएका विश्‍वासीहरू प्रार्थना गर्न निरन्तर रूपमा भेला भए ।

हरेक वर्ष, निस्तार चाडको ५० दिनपछि, यहूदीहरूले महत्वपूर्ण दिन, पेन्तिकोसको दिन मनाउने गर्दथे । पेन्तिकोस त्यस समय थियो, जब यहूदीहरूले फसल कटनीको उत्सव मनाउने गर्दथे । यहूदीहरू सारा संसारदेखि यरूशलेममा एकसाथ पेन्तिकोसको दिन मनाउन आउँथे । त्यस वर्ष, पेन्तिकोसको दिनचाहिँ येशूको स्वर्गारहण भएको करिब १० दिनपछि आयो ।

जब विश्‍वासीहरू सबै एकसाथ थिए, अचानक उनीहरू बसिरहेको घर एक शक्तिशाली बतासको झोक्काजस्तै आवाजले भरियो । त्यसपछि आगोका ज्वालाजस्तै देखिने वस्तु सबै विश्‍वासीहरूको शिरमाथि देखा पर्‍यो । उनीहरू सबै पवित्र आत्माले भरिएका थिए र उनीहरू अन्य भाषाहरूमा बोल्न लागे ।

जब यरूशलेममा भएका मानिसहरूले त्यो हल्ला सुने, भीड के भइरहेछ भनी हेर्न आयो । जब मानिसहरूले विश्‍वासीहरूले परमेश्‍वरका अचम्मका कामहरूको प्रचार गरिरहेका सुने, तिनीहरू आश्‍चर्यचकित भए कि तिनीहरूले यी कुराहरू तिनीहरूका आफ्नै मातृभाषाहरूमा सुनिरहेका थिए । चेलाहरु इस्रायलबाट थिए र अरामिक, हिब्रु वा ग्रिक बोल्‍दथिए तर त्‍यहाँ आएकाहरुले परमेश्‍वरले गर्नु भएको कामको वर्णन आफ्नै मातृभाषाहरूमा सुनिरहेका थिए।

केही मानिसहरूले चेलाहरूलाई मद्यले मात्तिएको आरोप लगाए । तर पत्रुस खडा भए र तिनीहरूलाई भने, “मेरो कुरा सुन्‍नुहोस्। यिनिहरु दाख मधले मातेका होइनन् बरु जे तपाई देख्‍दै हुनुहुन्‍छ त्यो योएल अगमवक्ताद्वारा भनेको वचन पुरा भएको होः परमेश्‍वरले भन्‍नुभयो, "आखिरी दिनहरुमा, म मेरो आत्‍मा खन्‍याउनेछु।"

“इस्राएलका मानिसहरू हो, येशू एक मानिस हुनुहुन्थ्यो जसले परमेश्‍वरको शक्तिद्वारा धेरै महान् चिन्ह र आश्‍चर्यकर्महरू गर्नुभएको थियो, जुन तपाईंहरूले देख्‍नुभएको छ र थाहा गर्नुभएको छ । तर तपाईंहरूले उहाँलाई क्रूसमा टाँग्‍नुभयो

“येशू मर्नु भएता पनि, परमेश्‍वरले उहाँलाई मृत्युबाट उठाउनुभयो । यसले त्यस भविष्यवाणी पूरा गर्‍यो, जसले भनेको थियो, ‘ तपाईंले आफ्नो पवित्र जनलाई चिहानमा कुहिन दिनुहुनेछैन ।’ हामी त्यही कुराको साक्षीहरू हौँ, कि परमेश्‍वरले येशूलाई फेरी जीवित तुल्याउनुभयो ।”

“येशू अहिले परमेश्‍वर पिताको दाहिने हातपट्टि महिमित हुनुहुन्छ । अनि येशूले प्रतिज्ञा गर्नुभएझैँ पवित्र आत्मा पठाउनुभएको छ । तपाईंहरूले अहिले देखिरहेका र सुनीरहेको कुराहरू पवित्र आत्माले नै गरिरहनुभएको हो ।”

“ तपाईंहरूले येशूलाई क्रूसमा टाँग्‍नुभयो । तर यो कुरा पक्का गरी जान्‍नुहोस् कि परमेश्‍वरले येशूलाई प्रभु र मसिह दुवै बनाउनुभयो

पत्रुसको कुरा सुनिरहेका मानिसहरूलाई उनले भनेका कुराहरूले गहिरो प्रभाव पार्‍यो । त्यसैले उनीहरूले पत्रुस र चेलाहरूलाई सोधे, “भाइहरू हो, हामीले के गर्नुपर्छ ?”

पत्रुसले उनीहरूलाई जवाफ दिए, “तपाईंहरू हरेकले पश्‍चाताप गर्नुपर्छ र येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लिनु पर्छ, जसद्धारा परमेश्‍वरले तपाईंहरूका पाप क्षमा गरीदिनुहुनेछ । अनि उहाँले तपाईंहरूलाई पवित्र आत्माको वरदान पनि दिनुहुनेछ ।”

करिब ३,००० मानिसहरूले पत्रुसले भनेका कुरामा विश्‍वास गरे र येशूका चेला भए । उनीहरूको बप्तिस्मा भयो र तिनीहरू यरूशलेमको मण्डलीको हिस्सा भए ।

ती चेलाहरूले निरन्तररूपमा प्रेरितहरूका शिक्षा सुन्‍थे, एकसाथ समय बिताउँदथे, एकसाथ खान्थे, र एक-अर्कासँग प्रार्थना गर्दथे । उनीहरू एकसाथ परमेश्‍वरको प्रशंसा गर्न रमाउँदथे र उनीहरूले आफूसँग भएका सबै थोक एक-अर्कासँग बाँड्ने गर्दथे । हरेकले उनीहरूका बारेमा असल सोच्दथे । प्रतिदिन, अझ धेरै मानिसहरू विश्‍वासी भए ।

Σχετική πληροφορία

Λόγια Ζωής - Ηχητικά μηνύματα του ευαγγελίου σε χιλιάδες γλώσσες που περιέχουν μηνύματα βασισμένα στη Βίβλο για τη σωτηρία και τη χριστιανική ζωή.

Copyright and Licensing - GRN shares its audio, video and written scripts under Creative Commons

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?