unfoldingWord 31 - येशू पानीमाथि हिँड्नुभयो
Περίγραμμα: Matthew 14:22-33; Mark 6:45-52; John 6:16-21
Αριθμός σεναρίου: 1231
Γλώσσα: Nepali
Κοινό: General
Σκοπός: Evangelism; Teaching
Features: Bible Stories; Paraphrase Scripture
Κατάσταση: Approved
Τα σενάρια είναι βασικές οδηγίες για μετάφραση και ηχογράφηση σε άλλες γλώσσες. Θα πρέπει να προσαρμόζονται όπως είναι απαραίτητο για να είναι κατανοητές και σχετικές με κάθε διαφορετική κουλτούρα και γλώσσα. Ορισμένοι όροι και έννοιες που χρησιμοποιούνται μπορεί να χρειάζονται περισσότερη εξήγηση ή ακόμη και να αντικατασταθούν ή να παραλειφθούν εντελώς.
Κείμενο σεναρίου
अनि भीडलाई बिदा गरेर येशूले चेलाहरूलाई डुङ्गामा चढी समुन्द्रको पल्लो छेऊतिर जाऊ भन्नुभयो । भीडलाई बिदा गरिसकेपछि उहाँ प्रार्थना गर्नको निम्ति डाँडातिर उक्लनुभयो । येशू त्यहाँ एक्लै हुनुहुन्थ्यो, अनि राती अबेरसम्म प्रार्थना गरिरहनुभयो ।
चेलाहरू आफ्ना डुङ्गा खियाउँदै थिए, तर राती अबेरसम्ममा पनि उनीहरू समुन्द्रको बीच भागसम्म मात्र पुगेका थिए । धेरै कठिनको साथ उनीहरू डुङ्गा खियाउँदै थिए किनभने शक्तिशाली आँधी उनीहरूको विपरीत चलिरहेको थियो ।
येशूले प्रार्थना गरी सिध्याउनुभएपछि उहाँ चेलाहरूकहाँ जानुभयो । उहाँ समुन्द्रको पानीमाथि हिँड्दै उनीहरू भएको डुङ्गातिर जानुभयो ।
जब चेलाहरूले येशूलाई देखे, उनीहरू अति भयभित भए किनभने आफूले कुनै भूत देखिरहेको उनीहरूले ठाने । उनीहरू डराएका छन् भनी येशूलाई थाहा थियो, त्यसैले उहाँले तिनीहरूलाई बोलाउनुभयो र भन्नुभयो, “नडराओ । म हुँ
तब पत्रुसले येशूलाई भने, “गुरूज्यू, यदि तपाईंनै हुनुहुन्छ भने, मलाई तपाईंकहाँ पानीमाथि भएर आउने आज्ञा गर्नुहोस् ।” येशूले पत्रुसलाई भन्नुभयो, “आऊ
त्यसैले, पत्रुस डुङ्गाबाट बाहिर निस्के र पानीमाथि येशू उभिनुभएको ठाँउतर्फ हिँड्न लागे । तर केही छिन हिँडेपछि, उनले आफ्ना आँखाहरू येशूदेखि अन्तै लगे अनि छालहरूतिर हेर्न र आँधीलाई महसुस गर्न थाले ।
तब पत्रुस डराए र डुब्न लागे । उनी यसो भन्दै कराए, “गुरूज्यू, मलाई बचाउनुहोस् । तुरुन्त येशुले हात पसारेर तिनिलाई समात्नुभयो। तब उहाँले पत्रुसलाई भन्नुभयो, "तिमिसगँ थोरै विश्वास रहेछ। तिमिलाई सुरक्षित राख्छु भनेर किन भरोसा गरेनौ?"
पत्रुस र येशू डुङ्गामा चढे, पछि आँधी तुरुन्तै रोकियो अनि पानी शान्त भयो । चेलाहरू चकित भए । उनीहरूले यसो भन्दै येशूको आराधना गरे, “साँच्चै, तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ ।”