unfoldingWord 41 - परमेश्वरले येशूलाई मृतकबाट बौरी उठाउनुभयो
রূপরেখা: Matthew 27:62-28:15; Mark 16:1-11; Luke 24:1-12; John 20:1-18
লিপি নম্বর: 1241
ভাষা: Nepali
শ্রোতা: General
উদ্দেশ্য: Evangelism; Teaching
Features: Bible Stories; Paraphrase Scripture
সামাজিক মর্যাদা: Approved
অন্যান্য ভাষায় অনুবাদ এবং রেকর্ড করার জন্য স্ক্রিপ্টগুলি মৌলিক নির্দেশিকা। প্রতিটি ভিন্ন সংস্কৃতি এবং ভাষার জন্য তাদের বোঝার জন্য এবং প্রাসঙ্গিক করে তোলার জন্য তাদের প্রয়োজনীয় হিসাবে উপযোগী করা উচিত। ব্যবহৃত কিছু শর্তাবলী এবং ধারণাগুলির আরও ব্যাখ্যার প্রয়োজন হতে পারে বা এমনকি সম্পূর্ণরূপে প্রতিস্থাপন বা বাদ দেওয়া যেতে পারে।
লিপি লেখা
सिपाहीहरूले येशूलाई क्रूसमा टाँगिसकेपछि, अविश्वासी यहूदी अगुवाहरूले पिलातसलाई भने, “त्यो झूटो येशूले भनेको थियो कि ऊ तीन दिनपछि मृत्युबाट उठ्नेछ । उसका चेलाहरूले उनको लास चोरेर लैजालान्, अनि ऊ मृत्युबाट बौरी उठ्यो भनी नभनून् भन्ने कुराको पक्का गर्न कसैले त्यस चिहानको पहरा गर्नैपर्छ ।”
पिलातसले भने, “केही सिपाहीहरू लैजाऊ र त्यस चिहानलाई तिमीले सक्दो सुरक्षित राख ।” त्यसैले तिनीहरूले चिहानको मुखमा भएको ढुङ्गामा एउटा मोहोर लगाए र कसैले शरीर नचोरोस् भनी पक्का गर्न सिपाहीहरूलाई त्यहाँ राखे ।
येशूलाई गाडिएको भोलिपल्ट शबाथको दिन थियो, र यहूदीहरूलाई त्यस दिन चिहानमा जान मनाही थियो । त्यसैले शबाथ दिनको भोलिपल्ट बिहान सबेरै, केही स्त्रीहरू येशूको चिहानमा उहाँको शरीरमा अत्तरहरू लगाउन जान तयार भए ।
अचानक, एउटा ठूलो भूकम्प गयो । चट्याङझैँ चम्किरहेका स्वर्गदूत स्वर्गबाट देखा परे । उनले चिहानको मुख थुनिरहेको ढुङ्गालाई त्यहाँबाट हटाइदिए र त्यसमाथि बसे । चिहानको पहरा गरिरहेका सिपाहीहरू डराए र मृत मानिसझैँ भुईँमा लडे ।
जब ती स्त्रीहरू चिहानमा आईपुगे, त्यस स्वर्गदूतले तिनीहरूलाई भने, “नडराऊ । येशू यहाँ हुनुहुन्न । उहाँले भन्नुभएझैँ, उहाँ मृतकबाट बौरी उठ्नुभएको छ! आएर चिहानमा हेर। अनि ति स्त्रीहरूले चिहानमा हेरे र देखे कि येशुको शरिर त्यहाँ थिएन्।
अनि स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “जाओ र चेलाहरूलाई भनिदेओ, ‘येशू मृत्युबाट बौरी उठ्नुभएको छ र उहाँ तिमीहरूका अघि गालीलमा जानुहुनेछ ।’”
ती स्त्रीहरू डर र ठूलो रमाहाटले भरिएका थिए । उनीहरू चेलाहरूलाई यो खुसीको समाचार सुनाउन दौड्दैँ गए ।
जब ती स्त्रीहरू चेलाहरूलाई यो खुसीको समाचार सुनाउन जाँदै थिए, येशू उनीहरूकहाँ देखा पर्नुभयो, अनि उनीहरूले उहाँको आराधना गरे । येशूले भन्नुभयो, “नडराओ । जाओ र मेरा चेलाहरूलाई गालीलमा जान भनिदेओ । उनीहरूले मलाई त्यहीँ देख्नेछन् ।”