Dil seçin

mic

Paylaşın

Linki paylaşın

QR code for https://globalrecordings.net/script/8654

unfoldingWord 06 - परमेश्‍वरले इसहाकलाई जुटाउनु भयो ।

unfoldingWord 06 - परमेश्‍वरले इसहाकलाई जुटाउनु भयो ।

Kontur: Genesis 24:1-25:26

Skript nömrəsi: 1206

Dil: Nepali

Tamaşaçılar: General

Məqsəd: Evangelism; Teaching

سمات: Bible Stories; Paraphrase Scripture

Vəziyyət: Approved

Skriptlər digər dillərə tərcümə və qeyd üçün əsas təlimatlardır. Onlar hər bir fərqli mədəniyyət və dil üçün başa düşülən və uyğun olması üçün lazım olduqda uyğunlaşdırılmalıdır. İstifadə olunan bəzi terminlər və anlayışlar daha çox izahat tələb edə bilər və ya hətta dəyişdirilə və ya tamamilə buraxıla bilər.

Skript Mətni

अब्राहाम वृद्ध हुँदा, उनका छोरा, इसहाक, एक परिपक्क मानिस भैसकेका थिए । त्यसैले अब्राहामले आफ्नो एक नोकरलाई आफ्ना आफन्तहरू भएको देशमा इसहाकको निम्ति एउटी श्रीमती खोजेर ल्याउन पठाए ।

अब्राहामका आफन्तहरू बस्‍ने देशतिरको लामो यात्रा पश्‍चात, परमेश्‍वरले त्यस नोकरलाई रिबेका नाउँकी एकजना स्त्रीकहाँ ल्याउनुभयो । उनी अब्राहामका भाइकी नातिनी थिइन् ।

रिबेका आफ्ना परिवारलाई छाेडी त्यस नोकरसँग इसहाकको घरमा जान राजी भइन् । उनी पुग्‍ने बित्तिकै इसहाकले उनीसँग विवाह गरे ।

धेरै समयपछि, अब्राहामको मृत्यु भयो अनि परमेश्‍वरले उनीसँग बाँध्‍नुभएको सबै करार अब इसहाकमा सर्‍यो । परमेश्‍वरले अब्राहामका असंख्य सन्तान हुनेछन् भनी प्रतिज्ञा गर्नुभएको थियो, तर इसहाककी पत्‍नी रिबेकाको कुनै सन्तान हुनसकेको थिएन ।

इसहाकले रिबेकाको निम्ति प्रार्थना गरे, अनि परमेश्‍वरले उनको कोखमा जुम्ल्याह बच्चाहरू दिनुभयो । ती दुई बच्चाहरूले रिबेकाको गर्भभित्र हुँदै एक-अर्कासँग लडन्त गर्न लागे, त्यसैले रिबेकाले परमेश्‍वरसँग यो के भइरहेको हो भनी सोधिन् ।

परमेश्‍वरले रिबेकालाई भन्‍नुभयो, “तिमीले दुई छोरा जन्‍माउनेछौ । तिनिहरुका सन्‍तानहरु दुई  फरक राष्ट्र बन्‍नेछन् । तिनीहरू एक-आपसमा लड्नेछन् र जेठा छोराले कान्छा छोराको सेवा गर्नेछ ।”

जब रिबेकाको छोराहरू जन्मिए, जेठो छोरा रातो र रौँ नै रौँ भएको थियो अनि तिनीहरूले त्यसको नाउँ एसाव राखे । तर कान्छाचाहिँ आफ्ना हातले जेठाको कुर्कुच्चा समात्दै निस्क्यो र तिनीहरूले त्यसको नाउँ याकूब राखे ।

Əlaqədar məlumat

Həyat Sözləri - Xilas və xristian həyatı haqqında Müqəddəs Kitaba əsaslanan mesajları ehtiva edən minlərlə dildə audio müjdə mesajları.

Copyright and Licensing - GRN shares its audio, video and written scripts under Creative Commons

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?