ቋንቋ ይምረጡ

mic

አጋራ

አገናኝ አጋራ

QR code for https://globalrecordings.net/script/8668

unfoldingWord 20 - निर्वासन र फिर्ती

unfoldingWord 20 - निर्वासन र फिर्ती

ዝርዝር: 2 Kings 17; 24-25; 2 Chronicles 36; Ezra 1-10; Nehemiah 1-13

የስክሪፕት ቁጥር: 1220

ቋንቋ: Nepali

ታዳሚዎች: General

ዓላማ: Evangelism; Teaching

Features: Bible Stories; Paraphrase Scripture

ሁኔታ: Approved

ስክሪፕቶች ወደ ሌሎች ቋንቋዎች ለመተርጎም እና ለመቅዳት መሰረታዊ መመሪያዎች ናቸው። ለእያንዳንዱ የተለየ ባህል እና ቋንቋ እንዲረዱ እና እንዲስማሙ ለማድረግ እንደ አስፈላጊነቱ ማስተካከል አለባቸው። አንዳንድ ጥቅም ላይ የዋሉ ቃላቶች እና ጽንሰ-ሐሳቦች የበለጠ ማብራሪያ ሊፈልጉ ወይም ሊተኩ ወይም ሙሉ ለሙሉ ሊተዉ ይችላሉ.

የስክሪፕት ጽሑፍ

इस्राएलको राज्य र यहूदाको राज्य, दुवैले परमेश्‍वरको विरुद्धमा पाप गरे । परमेश्‍वरले तिनीहरूसँग सिनै पर्वतमा बाँध्‍नुभएको करार तिनीहरूले भंग गरे । परमेश्‍वरले तिनीहरूलाई पश्‍चाताप गर्न र पुनः उहाँलाई पूज्‍न भनी चेतावनी दिनको निम्ति आफ्ना अगमवक्ताहरूलाई पठाउनुभयो, तर तिनीहरू आज्ञाकारी हुन इन्कार गरे ।

त्यसैले परमेश्‍वरले दुवै राज्यहरूलाई तिनीहरूका शत्रुहरूद्वारा नष्ट हुन दिएर दण्ड दिनुभयो । एक शक्तिशाली र क्रुर राष्ट्र अश्शूरी साम्राज्यले इस्राएलको राज्य ध्वस्त पार्‍यो । अश्शूरीहरूले इस्राएल राष्ट्रका धेरै मानिसहरूलाई मारे, उनीहरूका बहुमुल्य सामानहरू सबै लगे, र देशका धेरै भागहरू जलाइदिए ।

अश्शूरीहरूले सबै अगुवाहरू, धनी मानिसहरू, र सीप भएका मानिसहरूलाई जम्मा पारी र उनीहरूलाई अश्शूरको देशमा लिएर गए । केवल नमारिएका अति गरीब इस्राएलीहरू मात्र इस्राएलको राज्यमा बाँकी रहे ।

अनि अश्शूरीहरूले इस्राएलको राज्यमा विदेशीहरूलाई ल्याएर राखे । विदेशीहरूले भत्किएका शहरहरूको पुनर्निर्माण गरे इस्राएलीहरूसँग विवाह गरे, जति त्यहाँ छोडिएका थिए । विदेशीहरूलाई विवाह गरेका इस्राएली सन्ततीहरूलाई ‘सामरी’ भनियो ।

यहूदाका मानिसहरूले परमेश्‍वरमाथि विश्‍वास नगरेका र उहाँको आज्ञाकारी नभएकाले कसरी उहाँले इस्राएलको राज्यलाई दण्ड दिनुभयो भनी देखे । तापनि तिनीहरूले अझै कनानी देवताहरूका मूर्तिहरू पूजे । परमेश्‍वरले तिनीहरूलाई चेतावनी दिन अगमवक्ताहरू पठाउनुभयो, तर तिनीहरूले सुन्‍न इन्कार गरे ।

अश्शुरीहरूले इस्राएल नष्ट गरेको १०० वर्षपछि परमेश्‍वरले बेबिलोनका राजा, नबूकदनेसरलाई यहूदाको राज्यमा आक्रमण गर्न पठाउनुभयो । बेबिलोन एक शक्तिशाली साम्राज्य थियो । यहूदाका राजाले नबूकदनेसरको दास हुन र हरेक वर्ष उनलाई धेरै पैसा तिर्न सहमत भए ।

तर केही वर्षपछि, यहूदाका राजाले बेबिलोनको विरुद्धमा विद्रोह गरे । त्यसैले, बेबिलोनीहरू फेरि आए र यहूदाको राज्यलाई आक्रमण गरे । तिनीहरूले यरुशलेमको शहर कब्जा गरे, मन्दिर भत्काइदिए, अनि शहर र मन्दिरमा भएका सबै सम्पत्तिहरू लगे ।

विद्रोह गरेको कारण यहूदाका राजालाई दण्ड स्वरूप नबूकदनेसरका सिपाहीहरूले उनका छोराहरूलाई उनकै सामु मारिदिए अनि उनलाई अन्धा तुल्याइदिए । त्यसपछि, तिनीहरूले राजालाई झ्यालखानामै मर्नको निम्ति बेबिलोन लगे ।

नबूकदनेसर र उनका फौजले बाली रोप्‍नको निम्ति गरीब भन्दा गरीबहरूलाई बाहेक यहूदाको राज्यका प्रायः सबै मानिसहरूलाई बेबिलोनमा लगे । समयको यस अवधि जहाँ परमेश्‍वरका मानिसहरू प्रतिज्ञाको मुलुक छाेड्न बाध्य भए, यसैलाई निर्वासन भनिएको हो ।

परमेश्‍वरले मानिसहरूलाई तिनीहरूका पापको कारण निर्वासनमा टाढा लगी दण्ड दिनुभएतापनि उहाँले तिनीहरूलाई र आफ्ना प्रतिज्ञाहरूलाई भुल्नुभएको थिएन । परमेश्‍वरले निरन्तररूपमा अगमवक्ताहरूद्वारा आफ्ना मानिसहरूको रेखदेख गर्ने र बोल्ने काम जारी राख्‍नुभयो । सत्तरी वर्षपछि तिनीहरू फेरि प्रतिज्ञाको मुलुकमा फर्कनेछन् भनी उहाँले प्रतिज्ञा गर्नुभयो ।

करिब सत्तरी वर्षपछि फारसीहरूका राजा, कोरेसले बेबिलोनलाई परास्त गरे, त्यसैले फारसी साम्राज्यले बेबिलोनी साम्राज्यलाई प्रतिस्थापित गर्‍यो । अब इस्राएलीहरूलाई यहूदीहरू भनिन्थ्यो र तिनीहरूमध्ये धेरैजसोले आफ्नो पुरै जीवन बेबिलोनमा बिताएका थिए । केवल केही वृद्ध यहूदीहरूलाई मात्र यहूदाको मुलुकको ख्याल थियो ।

फारसी साम्राज्य एक शक्तिशाली साम्राज्य थियो तर तिनीहरू आफूले कब्जा गरेका मानिसहरू प्रति कृपालु थिए । कोरेस फारसीहरूका राजा भएको केही समयपछि, उनले जो कोही यहूदीहरू यहूदा फर्किजान चाहन्छन् भने फरसी साम्राज्य छाेडी यहूदा फर्कन सक्ने आदेश जारी गरिदिए । उनले तिनीहरूलाई मन्दिरको पुनर्निर्माण गर्न रुपिँया-पैसा समेत् दिए। तसर्थ, ७० बर्षको प्रवाश पछि, यहूदिहरुको एउटा सानो समुह यहुदाको यरुशलेम शहरमा फर्कियो।

जब मानिसहरू येरुशलेममा आइपुगे, तिनीहरूले मन्दिर र शहरको वरिपरि पर्खालको पुननिर्माण गरे । तिनीहरूमाथि अझै पनि अरू नै राज्यले शासन गरिरहेको भएतापनि, एकपटक पुनःतिनीहरूले प्रतिज्ञाको मुलुकमा बस्‍न र त्यस मन्दिरमा आराधना चढाउन पाए ।

ተዛማጅ መረጃ

የሕይወት ቃላት - ስለ ድነት እና ስለ ክርስቲያናዊ ኑሮ መጽሐፍ ቅዱሳዊ መልእክት የያዙ በሺዎች በሚቆጠሩ ቋንቋዎች የኦዲዮ የወንጌል መልእክቶች።

Copyright and Licensing - GRN shares its audio, video and written scripts under Creative Commons

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?